Logo

बैनाबट्टा चलचित्रको प्रिमियर शो, दर्शकको भीडले हल खचाखच


 

कलाखबर संवाददाता,२२,फागुण–काठमाण्डौं । बैनाबट्टा चलचित्रको बुधबार प्रिमियर शो गरिएको छ । औपचारिक कार्यक्रमका बीच राष्ट्रिय नाँचघर जमलको हलमा सञ्चालित कार्यक्रममा खचाखच दर्शकको भीडले हल भरिएका थिए । सुम्हात्लुङ फिल्मस प्रा।लि।को व्यानरमा निर्मित नेपाली कथानाक चलचित्र बैनाबट्टा हेर्न दर्शक निकै आतुर देखिएका थिए । च्याँरिटी शो हेरी सकेपछि दर्शकहरुले नायक नायिका तथा निर्माता टिमलाई राम्रो प्रतिक्रिया दिएका थिए ।

जातीय पहिचान र राजनीति बीचको द्वन्दलाई आकर्षक कथा वस्तुको रुपमा यो चलचित्रमा प्रस्तुत गरिएको छ । दर्शकहरुको चलचित्र हेर्ने कौतुहल्ताले कार्यक्रम सञ्चालिकालालाई निकै हम्मेहम्मे बनाएको थियो । कलाकार तथा चलचित्रकर्मी राज चाम्लिङको कथा निर्देशन रहेको यस चलचित्रको निमार्ण प्रेम लावतीले गर्नुभएको हो । भवानी घिमिरे, बिक्रम नवेम्वाङ, राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह चलचित्रका सहनिर्माता रहेका हुनु ।

ताप्लेजुङ, पाँचथर,बिर्तामोड लगायत पूर्वीय नेपालमा बसोबास गर्ने लिम्बु जातीको कला सँस्कृति र जिवन शैलीलाई नै आधार बनाएर नेपाली कथानाक चलचित्र बनाएको निर्माता प्रेम लावतीले बताउनु भयो । आफ्नो मौलिक कला सँस्कृति र पहिचान झल्काउने यो चलचित्रको मुख्य उद्देश्य रहेको जानकारी दिदै, सबै आम दर्शकले रुचाई दिएकोमा निर्माता लावतीले निकै खुशी महशुस भएको बताए । साथै लावतीले अब चाडै नै देश तथा बिदेशका सबै हलहरुमा समेत प्रर्दशन गर्न लागेको पनि कलाखबरलाई जानकारी दिए ।

पूर्वीय नेपालको मनमोहक छटाबाहक सुन्दर प्रकृतीको पृष्ठभूमीमा ताप्लेजुङ,र्पाँचथर जिल्लामा यो चलचित्र छाँयाङ्कन गरिएको छ । चलचित्रको बिषयमा निदेर्शक राज चाम्लिङले जानकारी गराएका थिए । प्रकृति,राजनीति,भाषा सँस्कृति र पहिचानको सम्मिश्रणले पनि यो चलचित्र रोचक बनाएको निर्देशक राज चाम्लिङले बताए । कथा वस्तु,कलाकार र प्रकृती सबैको संयोग मिलेकोले चलचित्र निकै राम्रो र रोमाञ्चक बनेको दर्शकहरुले प्रतिक्रिया दिए ।

मुख्य कलाकारको भूमिकामा देवेन्द्र नेम्वाङ,कविता वान्तावा राई,बाबु मोक्तान र रश्मिला तामाङ रहेका छन भने अन्य कलाकारहरुमा अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगाएतका कलाकारहरुको रोचक अभिनय रहेकका छन् ।

यस चलचित्रको नृत्य निर्देशन कमल राईले गर्नु भएको छ भने छायाँकन तथा सम्पादन देबजँग थापाले गर्नु भएको छ । नेपालको सुदुर पूर्वीय जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगायत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा । यसैको सेरोफेरो चलचित्रको बिषयबस्तु रहेको छ।सुखान्तबाट दखान्तमा गएर कथा वस्तुको विश्राम दिएकाले फिल्म निकै मार्मिक रोच कबनेका छन् ।

प्रतिक्रिया दिनुहोस्