Logo

सन्ध्याग्रुप मुग्लानी सौगातको ७८ औ साहित्यक रचना वाचन डबली भब्यताका साथ सम्पन्न ।


 

कलाखबर संवाददाता,२१,फागुण–काठमाण्डौं । सन्ध्याग्रुप मुग्लानी सौगातको ७८ औ साहित्यक रचना वाचन भव्य रुपमा सम्पन्न गरिएको छ ।सन्ध्याग्रुप मुग्लानी सौगातको ७८ औ वाचन डबली अन्तर्गत साहित्यक स्रस्टाहरुको बिशेष सम्मानका साथ गत शनिबार प्रज्ञा प्रतिष्ठानको सभा हलमा सो कार्यक्रम सम्पन्न गरिएको हो । सन्ध्याग्रुप अल्खोर कतारका अध्यक्ष गणेश क्षेत्रीको सभापतित्वमा आयोजितक कार्यक्रममा प्रज्ञा प्रतिष्ठान नेपालका कुलपति गङ्गाप्रसाद उप्रेती बिशेष अतिथि तथा अन्य अतिथिहरुमा अनेसास केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली,प्रखर समसामयिक बिश्लेषक डा सुरेन्द्र केसी,

एन आर एन ए हङ्कङका अध्यक्ष टीका गुरुङ,लेखक तथा निबन्धकार युवराज नयाँघरे, नबोदित साहित्य वाचनालय कतारका पुर्ब अध्यक्ष इन्द्रमणी नेपाल, सस्थाका संरक्षक प्रेम प्रसाद भट्टराई ,अनलाइन मिडिया मुग्लानी खबरका अध्यक्ष तथा राप्रपा संयुक्त का केन्द्रिय कार्यसम्पादन समितिका सद्स्य दिलमाया तामाङ ९राना०,सस्कृतिविद तथा साहित्यकार तिलस्मी प्रभास,अनेसास नेपालका अध्यक्ष सन्ध्या पहाडी,बरिष्ठ साहित्यकार कृष्ण अबिरल,विभिन्न संघ सस्थाका प्रतिनिधिहरू लगायतका साहित्य प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो।

सन्ध्याग्रुप अल्खोर कतारका पुर्ब अध्यक्ष तथा पुर्ब संरक्षक,मुग्लानी सौगातका पुर्ब प्रधान सम्पादक, सम्पादकहरुले सस्थालाई पुर्याउनु भएको अतुलनीय योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान कार्यक्रम समेत राखिएको थियो । जसनुसार सन्ध्याग्रुप अल्खोर कतारका सस्थापक अध्यक्ष सुरज तामाङ ,पुर्ब अध्यक्षहरु धनेस्वर जिसी,थर्च लामा र बिरेन्द्र कुमार याक्थुङ्बालाई दोसल्ला ओढाई सम्म्मान पत्रद्वारा सम्मान गरिएको थियो । त्यसैगरी यस कार्यक्रमलाई सफल बनाउन अहम भुमिका खेल्दै आर्थिक नैतिक र भौतिक सहयोग पुर्याउनु भएकोमा मुग्लानी खबरका अध्यक्ष दिलमाया तामाङ (राना) लाई खादा ओढाएर कदर पत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा उपिस्थत साहित्य अनुरागीहरुले दमदार प्रस्तुति राखिएका थिए । दुईओटा मुक्तक संग्रह प्रकाशन गरिसक्नु भएका तिलस्मी प्रभासका करिब एक दर्जन मुक्तकले माहोल तताएका थिए। प्रस्तुती राख्ने सर्जक श्रष्टाहरुमा सबिन डागी,राजन लामा,गितकार लेखक प्रकाश घिमेरे,इन्द्रमणि नेपाल,सुदिप पङ्गेनी,रेणुका भट्टराई ,शरु छुच्ची,बाबा बस्नेत,पबित्रा अधिकारी,रन्जना निरौला,द्वारिका कुइकेल,गीता कार्की,पुष्प खनाल,रेणुका भट्टराई ,ललिता दोषी,महेश रिजाल,निर्मल पराजुली र गायिका गीता भट्टराई लगाएतका ब्यक्तित्वहरु रहेका थिए।

त्यसैगरी कार्यक्रम सफलताको शुभकामना मन्तब्य राख्नेहरुमा लेखक तथा बरिस्ठ निबन्धकार युवराज नयाँघरे,साहित्यकार कृष्ण अबिरल,प्रखर समसामयिक बिश्लेषक डा सुरेन्द्र केसी,एन आर एन ए हङकङ का अध्यक्ष टीका गुरुङ,सस्थाका पुर्ब अध्यक्ष धनेस्वर जिसी,बिरेन्द्र कुमार याक्थुङ्बा,अनेसास केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली,सन्ध्याग्रुओ अल्खोर कतारका संरक्षक प्रेम प्रसाद भट्टराई लगाएतका ब्यतित्वहरु रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथी गङ्गाप्रसाद उप्रेतीले कार्यक्रममा बोल्दै कतारमा स्थापित भएर पनि नेपालमा आएर यसरी सम्पुर्ण साहित्यकारहरुलाई समाबेश गरि कार्यक्रम गर्नु अत्यन्तै सकारात्मक रहेको भन्दै आयोजकलाई धन्यबाद दिएका थिए। साथै उहाले सम्पुर्ण लेखक तथा साहित्यकारहरुको एकता हुनुपर्ने बताएका थिए।साहित्यकारहरु र लेखकहरुलाई पनि बाच्ने आधारहुनुपर्ने र यश बिषयमा आफुहरु लागिपरेको समेत बताएका थिए ।

कार्यक्रमलाई बिसर्जन गर्दै सभापति गणेश क्षेत्रीले कतारबाट आएर नेपालमा कार्यक्रम गर्नु पाउदा खुशी महशुस भएको बताए । अनेक चुनौतीहरु भए पनि सबै नेपाली साहित्य प्रेमीहरुको साथसहयोग र मायाले नै यो छोटो समयमा कार्र्र्यक्रम सफल भएको कलाखबरलाई बताए । साथै उहाँले कार्यक्रमा भएका सम्पूर्र्ण सहभागीहरुलाई धन्यबाद पनि ज्ञापण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्