नेकपाका अध्यक्ष प्रचण्डलाई जुत्ता प्रहार गर्ने व्यक्ति प्रहरीद्वारा पक्राऊ
राज कुमार राई ,१८,फागुण–काठमाण्डौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथी जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राऊ गरेको छ । पूर्व लडाकु रतन तिरुवाले अध्यक्ष प्रचण्ड माथी आईतवार जुत्ता प्रहार गरेका थिए ।
राष्ट्रिय सभागृहमा कार्यक्रम सकेर निस्कने क्रममा ती युवकले प्रचण्डमाथी जुत्ता प्रहार गरेको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी परिसर अनामनगरमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । प्रहरीका अनुसार उनी जुम्ला घर भएका हुन् ।
२२ वर्षीय तिरुवा पूर्व लडाकु हुन् । तिरुवा कम्युनिष्ट विचारधाराका हुन् । उनले आफ्नो फेसबुक पेजमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङको तस्बिर राखेका छन् । उनले कम्युनिष्ट विचारका नारा समेत राखेका छन् । उनीमाथि अनुसन्धान अगाडि बढाइएको छ ।