Logo

अमेरिकाले रोजगारी भिसा खोल्यो,अब नेपाली सक्षम युवा काम गर्न अमेरिका जान पाउने, अनलाइनबाट आवेदन दर्ता गर्न सकिने


कलाखबर संवाददाता,१७,फागुण–काठमाण्डौं । अमेरिकाले कामदार ९एचवान बी भिसा० खुल्ला गरेको छ ।आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र आवेदकले अनलाइन दर्ता गराउनु पर्नेछ । नेपाली समय अनुसार फागुन १८ गते देखि चैत्र ७ गते दिउँसो १२ बजेदेखिसम्म दर्ता गर्ने समय तोकिएको छ ।आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र आवेदक र उनीहरुका प्रतिनिधिहरुले आवेदक र लाभग्राहीको विवरण भरेर अनलाइनमार्फत दर्ता गराउन सक्नेछन् ।

हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ । उक्त नम्बर रजिस्ट्रेशन ट्रयाक गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ । तर उक्त नम्बर केस नम्बर नभएका कारण युएससीआईएसको केस स्टाटस हेर्न भने प्रयोग हुनेछैन ।आवेदक वा प्रतिनिधिले अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गर्नुपर्नेछ । साथै १० डलर आवेदन शुल्कसमेत बुझाउनुपर्नेछ ।आवेदक वा उनीहरुका प्रतिनिधिले एउटै अनलाइन सेसनमा एकभन्दा धेरैका लागि आवेदन दर्ता गराउन सक्नेछन् ।

अनलाइन एकाउन्टमा मार्च १ भन्दा अगाडि नै विवरणहरु भरेर ड्राफ्ट बनाएर राख्न सकिनेछ । तर दर्ता भने मार्च १ को दिउसो १२ बजेपछिमात्र गर्नुपर्नेछ ।मार्च २० भित्र प्रयाप्त आवेदनहरु आएको खण्डमा युएससीआईएसले मार्च २० को दिउसो १२ बजे नै अनलाइन दर्ता बन्द गर्नेछ ।त्यसपछि लोटरी प्रणालीबाट छनौट गरेर मार्चको ३१ सम्म छनौट भएका हरुलाई सुचित गरिनेछ ।त्यसपछि छनौट भएका आवेदनउपरमात्र आवेदकले एचवान बी भिसाका लागि प्रकृया अगाडि बढाउन सक्नेछन् ।

सबै प्रकृया पूरा गरेको खण्डमा उनीहरुले भिसा प्राप्त गर्नसक्नेछन् । उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो बर्षदेखि नयाँ प्रकृयाको थालनी हुन लागेको हो । पहिलोपटक अमेरिकी रोजगारदाताले क्षमतावान उच्च शिक्षा प्राप्त कामदारहरुका लागि अनलाइनमार्फत रजिस्ट्रेशन गर्न पाउने भएका छन् । ब्याचलर डिग्री गरेकाहरुका लागि ६५ हजारको कोटा रहेको छ भने अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजारको कोटा रहेको छ । तर अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुले ६५ हजारको कोटामा समेत भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्