धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका र गल्छि गाउँपालिकामा व्यवसाय सचेतना तालिम सुरु
कलाखबर संवाददाता,१६,फागुण–काठमाण्डौं । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्र्तत धादिङ जिल्लाको सिद्धलेक गाउँपालिकाको वडा नं ३ र गल्छि गाउँपालिकाको वडा नं ६मा व्यवसाय सचेतना,लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण तालिम सुरु गरिएको छ । मेड्पा मोडलको दोस्रो चरण अनर्तगत बिहिबार सिद्धलेक गाउँपालिकाको वडा नं ३ र शुक्रबार गल्छि गाउँपालिकाको वडा नं ६ मा सो तालिमको उदघाटन गरिएको हो ।
नेपाल सरकार घरेलु उद्योग मन्त्रालय अनर्तगत घरेलु तथा साना उद्योग विकास समिति धादिङ र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजु काठमाण्डौंको संयुक्त आयोजनामा सो कार्यक्रम सञ्चालन गरिएको हो । नेपाल सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय स्तरमा रहेका बेराजगार युवा वर्गहरुलाई निशुल्क सीप विकास तालिम दिने भएको छ ।
दुईवटै वडामा सञ्चालित तालिममा ३०/३० जना नयाँ उद्यमी सृजना गर्ने र १८/१८ जनालाई स्तर उन्नतीतर्फ समेटिने भएको छ । सिद्धलेक गाउँपालिकामा वडा अध्यक्ष दिल बहादुर पुनले बिहिबार कार्यक्रमलाई उदघाटन गरेका थिए भने गल्छि गाउँपालिकामा वडा नं ६ का स्वास्थ्य सयंमसेवीका अप्सरा पण्डितले शुक्रबार उदघाटन गरेकी थिइन् ।
सिद्धलेख गाउँपालिका अध्यक्ष दिल बहादुर पुनले उदघाटन समारोहमा बोल्दै भन्नु भयो,यहाँका स्थानीय जनताका लागि आवश्यक बाटो,खानेपानी,बिजुली बत्ति पनि बनाई दिएको छु,अब सबैलाई उत्पादनतर्फअगाडी बढाउछु । साथै पुनले त्यहाँ कृषिका लागि राम्रो हावापानी रहेको पनि बताउनु भयो । त्यहाँका जनताका लागि जस्तोसुकै अवस्थामा पनि आफूले सकने सहयोग गर्ने पनि उहाँले बताए ।
बेरोजगार युवा जागरणका लागि आफ्नो वडामा यस्तो महत्वपूर्ण तालिम आएकोमा आफु निकै खशी लागेको पुनले बताए । जब आर्थिक आयआर्जन हुन्छ तब मात्र वडाको पनि समृद्धि हुने बताउदै अबको मुख्य योजना नै उत्पादन मुलक कृषिमा जोड दिने अध्यक्ष पुनले बताए । मेड्पाले तोकेको भन्दा अझै बढी सहभागीहरु उत्सुक भएर आएको खण्डमा वडाले पनि बजेट निकालेर तालिम ल्याउने संस्थासँगै साँझेदारीमा कार्यक्रम गर्ने पनि अध्यक्ष पुनले जानकारी दिए ।
धेरथोर आफूहरुले केही उद्यम व्यवसाय गरी रहेको र अझै यो तालिमले झन आफूहरुले क्षमता बृद्धि गराउने उद्देश्यले तालिम लिन आएको सहभागीहरुले बताए । तालिमलाई उद्यम बिकास सहजकर्ता धनसरी थापा क्षेत्री र सुनिता टमताले सञ्चालन गरेका थिए । त्यस्तै गरी गल्छि गाउँपालिकामा निकै उत्सुक्ताका साथ सहभागीहरु जम्मा भएका थिए । स्वास्थ्य सयंमसेवीका अप्सरा पण्डितले कार्यक्रममा बोेल्दै त्यो वडामा राम्रो कृषिको सम्भावना रहेको बताइन् ।
यो भन्दा अगाडी पनि धेरै तालिम आएको तर आँखामा छाँडो हाल्ने काम मात्र भएकोले कुनै अर्थपूर्ण नभएको जानकारी गराउदै यो पटकको तालिमले भने साँच्चिकैको तालिम दिएर नयाँ उद्यमी बनाउछ भन्ने विश्वास लिएको बताइन् । जति पनि सहभागीहरु आएका छन्, एकदमै उत्सुक्ताका साथ आएका छन् । त्यसैले उनीहरुको ईच्छा र उत्सुक्तालाई नमार्न पनि पण्डितले आग्रह गरिन् ।
निकै आकर्षक ढङ्गबाट कार्यक्रमलाई सञ्चालन गर्दै उद्यम विकास सहजकर्ता सुनिता जैसिले तालिमको बिषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । एक हप्ता सम्मको तालिमलाई सुनिता जैसि र उद्यम विकास सहजकर्ता रेमा पुन मगरले सञ्चालन गर्ने भएका छन् । कार्यक्रमलाई उदघाटन गर्न सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्रको तर्फबाट कार्यक्रम व्यवस्थापक ईश्वरी अधिकारी र डि.वि.ए. राज कुमार राई पुगेका थिए ।
कार्यक्रम व्यवस्थापक ईश्वरी अधिकारीले सहभागीहरुको ईच्छा र आकांक्षा अनुसारको सीप विकास तालिम सञ्चालन गर्ने बताए । साथै तालिम निकै महत्वपूर्ण हुने जानकारी गराउदै अधिकारीले तालिमको अवधिभर जस्तोसुकै अवस्थामा पनि उपस्थित हुन आग्रह गर्नु भयो ।