Logo

थाक्रे गाउँपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न



कलाखबर संवाददाता,१४,फागुण–धादिङ । गरिबी निवारणका लागि लघु उद्यम विकास मेड्पा अन्र्तगत थाक्रे गाउँपालिकाको वडा नं ८ मा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति धादिङ र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजु काठमाण्डौंको संयुक्त आयोजनामा सो कार्यक्रम सपन्न गरिएको हो ।

थाक्रे गाउँपालिका वडा नं ८ का अध्यक्ष केशव प्रसाद प्याकुरेलको सभापतित्वमा सञ्चालित कार्यक्रममा गाउँकार्यपालिका सदस्य तथा वडा सदस्य कृष्ण माया आले प्रमुख अतिथि र अन्य सस्दस्यहरु,समाजसेवी, बुद्धीजिवी एवम् सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्रका कार्यक्रम व्यवस्थापक ईश्वरी अधिकारी,डिविए राज कुमार राई, तथा उद्यम विकास सहजकर्ता सुनिता जैसी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्याकुरेलले यस संस्थाले गर्ने हरेक कार्यक्रममा आफनो व्यक्तिगत र आफ्नो वडाको तर्फबाट जस्तोसुकै अवस्थामा पनि निरन्तर रुपमा सहयोग गर्ने बताउनु भयो । यो कार्यक्रमले आफ्नो वडामा उद्यमी सृजना गरेर सीप मुलक तालिम दिएर आत्मा निर्भर बनाउन सक्ने विश्वास लिएको पनि बताउनु भयो ।

सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्रको तर्फबाट उपस्थित सबैलाई वृत चित्र देखाएइका थिए । सो क्रममा वृत चित्र हेरेपछि आफूहरुको कार्यक्रमको रुपरेखा र थप कुरा बुझेको पनि बताउनु भयो । कर्यक्रमलाई उद्यम विकास सहजकर्ता सुनिता जैसीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्