Logo

सोनाम शेर्पाको तोङबा र रसिलो पानी गीतको म्यूजिक भिडियो बजारमा व्यापक चर्चा


शान्ती नाछिरिङ,२८,माघ – काठमाडौं । गायक सोनाम शेर्पाको ‘कहानी तीन’ नामक एल्बमको ‘तोङबाको रसिलो पानी’ बोलको गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । माइ क्रेसन मिडियको युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो ।

गीतमा मीनसागर लामाको शब्द, मिङमा शेर्पाको छायांकन तथा सोनाम शेर्पाको संगीत तथा स्वर रहेको छ साथै यस गितमा ऐरेन्जरले गरका हुन भने स्टुडियोमा रहेको छ । पहिलो गीति एल्बम कहानी भाग १ र भाग २ दर्शकले अत्यन्त रुचाएकाले बताउँदै सोनामले आफ्नो नयाँ गीतलाई पनि दर्शकले माया गर्ने बताए ।

सेलो भाकामा आधारित उक्त गीतको भिडियोको छायाकन सोलुखुम्बुको पात्लेमा गरिएको छ । युबा निर्देशक मिङमार शेर्पाको निर्देशन रहेको म्युजिक भिडियोमा शेर्पा फिल्म टिन्छेन फामाका नायक छोङबा शेर्पा ‘रिन्छेन’ र मोडल ल्हमु शेर्पाको अभिनय रहेको छ ।

भिजिट नेपाल २०२० लाई सहयोग तथा आफ्नो गित अनुसारको सुटिङ पर्यटकिय स्थल सोलुखुम्बुको पतालेमा गरिएको कुरा निर्देशक शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस्