आमा गुमाएकी टुहुरी वालिका विष्णु माया लोलाई गायीका विनिता राई र सामाजसेवी अरुण कुमार राईद्वारा आर्थिक सहयोग रकम हस्तान्तरण
कलाखबर संवाददाता,२८,माघ –काठमाण्डौं । क्यान्सर रोगको सिकारबाट आमा गुमाएकी पीडित विष्णु माया लो,( तामाङ) लाई गायीका विनिता राई र समाजसेवी तथा साहित्यकार अरुण कुमार राईले आर्थिक सहयोग रकम हस्तान्तरण गरेका छन् । थोरै रकम भए पनि केही औषधी किन्न भनेर उनीहरुले सोमबार पीडितको डेरामा नै गएर रकम हस्तान्तरण गरेका हुनु ।
उदयपुर जिल्ला लिमचुङबुङ -१ निवासी अरुण कुमार रार्ई रु १५००, उदयपुर जिल्ला लिमचुङबुङ -२ निवासी विनिता राई रु १०००,उदयपुर जिल्ला रौतामाई गाउँपालिका वडा नं-५ निवासी समाजसेवी राम कुमार राई रु १०००,सोलुखुम्बु जिल्ला निवासी समाजसेवी श्याम कुमार राई ( रजिन बाबु) हाल कोरिया बाट रु २००० गरि जम्मा पाँच हजार पाँच सय रुपैया हस्तान्तरण गरेका हन् । निकै आर्थिक चपेटामा पिल्सिएका विष्णु मायाको केही वर्षदेखि आमा र बुवा दुवै क्यान्सर रोगले ग्रसित हुदै आएका थिए ।
आर्थिक अभावकै कारण समयमा उपचार नपाउदा आमा मन मायाले गत हप्ता ज्यान गुमाएकी छन् । आमा र बुवा दुवै क्यान्सर पीडित भएर थला परेपछि केही सीप नलागेर विष्णु माया फेसबुक लाईभमा सहयोग माग्न आईन् । जुन भिडियो हेरेर विभिन्न सामाजिक अभियन्ता,समाजसेवी तथा अन्य थुप्रै सहयोगी हातहरु सहयोग जुताउन अगाडी बढे ।
यतिखेर विष्णु मायाको जिवनमा बज्रपात आई परेको छ । एक उनी आफै १७ वर्षीय वालिका,अर्को तर्फ आफनो बुवा कसरी बचाउने भन्ने चिन्ता र एकातर्फ आफनो पढाईको पनि चिन्ता छ । करिअर निर्माणको क्रममा उनी भर्खरै १२ मा पढदै छिन् । उनको परिवारको कुनै जागिर व्यावसाय छैन । जम्मा दुई दाजुभाई र दुई दिदीबहिनी रहेका उनको परिवार उनी बाहेक सबै रोगी भएको उनी बताउछिन् ।
उनको ठूली दिदी र जेठो दाई विहे गरेर पनि छुटी सकेका छन् । अब डेरामा बुवा उनी र उनको कान्छा दाई मात्र छन् । कान्छो दाई पनि रोगी भएको कारण सबै बुवाको हेरचाह जिम्मेवारी नै मुख्य रुपमा आफनो काँधमा आएको उनी बताउछिन् । आफनो परिवारको कुनै आर्थिक स्रोत नभए पछि सबै सहयोगी दाता नै आफनो परिवारको आर्थिक स्रोत र भगवान भएको बताइन् । उहाँकी पिता बिरवहादुर लो पनि प्राण घाटक क्यान्सर रोगको सिकारबाट थला परि रहेको ।
अवस्थामा एक चक्की औषधी किन्ने पैसा पनि उनको लागि ठूलो सहयोग हुन्छ । यस्तो दर्दनाक आवस्था र दयनीय जिवन देखेर आफूहरुले पनि केही सक्दो सहयोग गरेको गायीका विनिता राईले बताइन् । अहिले आफूहरुले जति सकेको सहयोग गरेको र फेरि आगामी दिनमा अरु सहयोगी दाताहरुसँग सहयोग रकम उठाउने पनि जनकारी दिइन् । साथै आफूले एक शब्द बोल्दा मनकारी तथा समाजसेवी श्यमा कुमार राई रजिन बाबु, सामाजसेवी तथा साहित्यकार अरुण राई, सामाजिक अभियन्ता राम कुमार राई,लगायतलाई विशेष धन्यबाद दिन चाहेको गायीका राईले बताइन् ।
पीडितको डेरामा आफै पुगेका अरुण राईले यस्ता दीन दुःखीहरुको आफूले सकेको सहयोग गर्न पाउदा साह्रै खुशी लागेको बताए । सबैको एक एक पैसा सहयोगले विष्णु बहिनीको आमाको निधनले भएको ताजा घाऊ पनि निको हुने र आत्मामनोबल बढ्ने विश्वास पनि रहेको राईले बताए । पीडितलाई भेटने अवसर विनिता राईले गर्दा भएको बताउदै सम्पूर्ण जस पनि उहाँलाई दिन चाहेको उहाँको भनाई थियो ।