Logo

साहित्यकार तथा लेखक अरुण कुमार राई र गायीका विनिता राईको नयाँ मार्मिक गित रेर्कडिङ सम्पन्न, चाडै बजरमा आउदै


कलाखबर संवादाता,२८,माघ –काठमाण्डौं । साहित्यकार तथा लेखक अरुण कुमार राई र गायीका विनिता राईको नयाँ मार्मिक गित रेर्कडिङ सम्पन्न भएको छ । उदयपुर जिल्ला लिमचुङबुङ (द्द मा जन्मेर लामो समयदेखि गीत संगितमा उदाएकी गायीका विनिता राई र समाज, देश परिवर्तनका लागि पहिचान मुलक लेख रचना सशक्त ढङ्गले सृजना गर्ने साहित्यकार अरुण राईको संयुक्त गीत रेर्कडिङ भएको हो । उदयपुर जिल्लाको लिमचुङबुङ -१ मा जन्मेर लामो समयदेखि साहित्यक लेख रचना गर्दै सशक्त रुपमा कलम चाउदै आएका अरुण कुमार राईको आफनै मार्मिक शब्द रचना यो गीतमा रहेको छ ।

गायीका विनिता राई र रचनाकार अरुण राईको मीठो स्वर लहरी रहेको गीतमा डां किराँतले संगीतबद्ध गर्नुभएको हो । गीत निकै मार्मिक बनेको छ । गाँउवस्ती र प्रकृतिको पृष्ठभुमीमा सोल्टिी सोल्टिनी बीचको आपसी माया प्रेम मिसाइएकोले यो गीत निकै रोचक बनेको । लिमचुङबुङ गाउँपालिकाको समग्रह प्रतिनिधित्व यो गीतले गरेको छ । “गाईघाट हुदै घुम्न जाऊ,पहाडी लिमचुङबुङ,प्रकृतिसँगै रमेर बसौं,गाँउ माथी छ,भैचुङ” भन्दै साहित्य सर्जक राई र गायीका विनिता राईले यो गीतमा दोहोरी खेलेका छन्

गाउँवस्तीको पखेरोमा जन्मेर घरबाट धेरै टाढाको विद्यालय पढ्न जांदा बाटोमा रङ्गीबिरङ्गी अनौठो सुन्दर प्राकृतिक मोहवाहक छटासँग खेल्दाखेल्दै साहित्य रचना गर्न पुगेको नव गायक तथा साहित्यकार राईले बताए । पहिचान मुलक विधामा कलम चलाए पनि साहित्यकार र कलाकार सबैको साझा भएकोले पहिचानबादी साहित्यकार भनेर आफूलाई चिनाउन भने, नचाहेको राईले बताउनु भयो । विशेष गरी जगल,कविता,कथा,नाटक,गीत जस्ता विधामा राईले कलम चलाएका हुन् ।

राईले भन्नु भयो,गायन क्षेत्रमा भने यो मेरो पहिलो अनुभव हो । गीत संगित क्षेत्रमा एक दशक लामो समय पार गरेकी गायीका राईले गीत रोचक हुनुमा शब्द रचना नै राम्रो हुनुपर्ने बताइन् । राईले भन्नु भयो,यो गीतमा पनि शब्द रचना राम्रो भएकोले राम्रो आशा गरेको छु । यसको भिडियो पनि चाडै नै बनाउने तयारीमा छौ भन्नुभयो ।

मेहिनत,धैर्यता, र सक्रिय रुपमा लाग्यो भने गीत संगितमा उज्वल वभिष्य रहेको पनि गायीका राईले ताइन् । आफनो प्रतिभा भएर पनि प्रर्दशन गर्ने ठाँउ नपाउदा भने हरेक कलाकारहरुको मनोवल गिरेकोे गायीका राईले बताइन् । हरेक कलाकारहरुको दर्शक स्रोता र स्टेज प्रोग्राम नै मुख्य हौशलाको स्रोत भएकोले संधै आमुन्यसामुन्य भई रहनु नितान्त आवश्यक रहेको गायीका राईको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्