विजय गच्छेदारलाई मात्र किन ?विष्णु पौडेलको छोरा नविन पौडेल र कुमार रेग्मीलाई पनि कारवाही गर्नुपर्छ, भन्दै नेविसंघको विशाल विरोध सभा
कलाखबर संवाददाता,२४,माघ–काठमाण्डौं । नेपाली कांग्रसको भातृसंगठन नेपाल तरुण दल र नेविसंघले अख्तियार दुरुपयोग अनुशन्धान आयोगको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । बालुवाटार जग्गा प्रकरणमा अख्तियारले कांग्रेसका उपनेता विजय कुमार गच्छदारलगायत १ सय ७५ जनामाथि मुद्दा चलाएको थियो।
बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको नाममा दोषीलाई उन्मुक्ति दिने र निर्दोषलाई कारबाही गरेको भन्दै कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले विजय गच्छेदार बचाउन आएको नभएर विष्णु पौडेल र कुमार रेग्मीलाई पनि कार्वाही गर्नुपर्छ भन्ने मन्सायले आन्दोलनको थालनी गरेको बताए ।
प्रदर्शनकारीले भ्रष्टाचार सरकार चाहिँदैन,निर्दोषलाई फसाउन पाइँदैन,संवैधानिक निकायहरूमा सरकारी हस्तक्षेप बन्द गर,विभेद र पूर्वाग्रह मानिँदैन,काण्डैकाण्डको सरकार चाहिँदैनलगायत नारा लगाएर उनीहरूले प्रदर्शन गरेका हुन् ।