Logo

राजनीतिक आडमा अख्तियार चलेको विज्ञहरुको आरोप,गच्छेदारलाई जस्तै कुमार रेग्मी र नविन पौडेललाई पनि कारवाही गर्नुपर्ने


कलाखबर संवाददाता,२४,माघ–काठमाण्डौं । काठमाडौ, माघ २४ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन निर्णय गर्ने दुई पुर्व प्रधानमन्त्री र जग्गा फिर्ता गर्न मन्जुर हुने दूई जना विरुद्ध मुद्दा दर्ता गर्नुलाई अख्तियार हच्किएको भनी टिप्पणी गरिएको छ ।

जग्गाधनी कुमार रेग्मी र नविन पौडेलले अख्तियारलाई बयान दिने क्रममा जग्गा फिर्ता गर्न मन्जुर भएको भन्दै अख्तियारले मुद्दा नचलाएको हो । पुर्वप्रधानमन्त्रीद्धय माधव कुमार नेपाल र बाबुरा भट्टराई विरुद्ध नीतिगत निर्णयका नाममा मुद्दा दर्ता हुन नसकेको जनाइएको छ । सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउन वैधानिक बाटो खोलिदिने दुई प्रधानमन्त्री र दुई जना जग्गा धनीलाई अख्तियारले उन्मुक्ति दिएको भन्दै विज्ञले टिप्पणी गरेका छन् ।

नेकपाका महा सचिप विष्णु पौडेलको छोरा नबिल पौडेल र कुमार रेग्मीलालाई जग्गा फिर्ता गर्ने शर्तमा अख्तियारले कारवाही नचालाए पछि विज्ञहरुको प्रश्न अख्तियारतिर नै तेर्सिएको छ । निश्पक्ष रुपमा छानबिन गरेर अगाडी बढ्नु पर्ने अख्तियार राजनीतिकरणमा चुकेको विभिन्न विज्ञहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्