Logo

विजय गच्छेदार जस्तो शोषकी र भ्रष्टचारी नेता कोही पनि नभएको डा.सुरेन्द्र के.सी. को आरोप



कलाखबर संवाददाता,२३,माघ–काठमाण्डौं । डा.सुरेन्द्र के.सी.ले विजय कुमार गच्छेदार जस्तो भ्रष्टचारी नेता कोही पनि नभएको आरोप लगाउनु भएको छ । गच्छेदार पटक पटक मन्त्री भएर भ्रष्टाचार गरेको आरोप लगाउँदै उनलाई लगेर बालुवाटारमा मुछिएको टिप्पणी गरे । उनले भने, गच्छेदार भ्रष्टाछार हुन् भन्ने सबैलाई थाहा छ तर लगेर बालुवाटारमा हालिदिए ।

यसमा उनी गायत सबै आरोपीलाई उन्मुक्ति दिन नहुने बताउदै,विष्णु पौडेललाई अख्त्तियारले सफाई दिएर चोख्याउनु ठूलो गल्ती भएको पनि के. सी.ले बताए । राजनीतिक विश्लेषक समेत रहेका डा। सुरेन्द्र केसीले जीवनभर एउटा मात्र कोट लगाउने पूर्वमन्त्री चन्द्रदेव जोशीमाथि भ्रष्टाचारको मुद्दा दायर गर्नु हाँस्यास्पद भएको बताएका छन् ।

ललिता निवासको जग्गा प्रकरणमा अख्तियारको कदममा राजनीतिकरण देखिएको भन्दै निर्दोषहरुलाई समेत फसाइएको बताएका हुन् ।जीवनभर एउटामात्र कोट लगाउने चन्द्रदेव जोशीले नौ करोड घुस खाए भनेर कस्ले पत्याउने,’ रिपोर्टर्स क्लब नेपालमा आज डा। केसीले भने, ‘लुगलुग काप्ने सर्वहारा चन्द्रदेव जोशीमाथि आरोप लगाउनु हाँस्यास्पद हो ।

गीतकार समेत रहेका पूर्वसचिव दिनेशहरि अधिकारी माथिको आरोपको समेत आलोचना गरे । नेकपा महासचिव विष्णु पौडेल, न्यायाधीश कुमार रेग्मी र चीनका लागि नेपालका राजदूत लिलामणि पौडेललाई समेतले ललिता निवास जग्गा प्रकरणमा उन्मुक्ति पाउनुले राजनीतिकरण प्रष्ट देखिएको बताए ।

प्रतिशोधको भावनाले अख्तियारको कदम प्रेरित रहेको भन्दै बालुवाटारको जग्गा जोगाउन चालेको कदमको भने प्रशंशा गरे । ललिता निवास जग्गा प्रकरणमा राजनीतिकरण प्रष्ट छ तर बालुवाटारको जग्गा जोगाउनु पर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्