एम.सि.सि र सूचना विद्ययकलाई जर्बजस्ती पास गराए सांसद भवन र सडकमा आगो बाल्ने जेरी ताम्राकार र राम प्रसाद शर्माको चेतावनी
कलाखबर संवाददाता,१८,माघ–काठमाण्डौं । मिसन नेपालका अध्यक्ष तथा पुर्व डेसपी राम प्रसाद शर्मा र सामाजिक अभियन्ता जेरी ताम्राकार एकैचोटी मिडियामा आएर कडा रुपमा गर्जिएका छन् । सरकारले ल्यएको सूचना विद्ययक र एम सि.सि. विरुद्धमा उनीहरु गर्जिएका हुन् । देश द्रोही र राष्ट्रघातक यो दुईवटै विद्ययक जबरजस्ती पास गराएमा जसले पास गर्न लगाउछ, त्यसको घर र प्रत्येक सडक सडकमा हरेक नागरिक एक भएर आगो बाल्ने मिसन नेपालका अध्यक्ष राम प्रसाद शर्माले बताए ।
साथै उहाँले देशमा भ्रष्टचार,शोषण,दमन महंगी बृद्धी भई रहंदा पनि सरकार कानमा तेल हालेर टुलुटुलु बसी रहेको आरोप लगाए । पीडितले न्याएको लागि आवाज उठाउँदा प्रहरीले लात हान्नु पर्ने ? गोली ठोक्नु पर्ने ? लाठ्ठी हान्नु पर्ने ? प्रहरीको जिम्मेवारी त्यही हो ? देश नरहे प्रहरी कहाँ र कसरी रहन्छ ? के प्रहरी चाँही देशको नागरिक होइन ? यसमा प्रहरीको केको टाउदो दुखाई ? भनेर प्रश्न समेत गरे ।
शार्माले भन्नु भयोे,राष्ट्रघाती, देशद्रोही र राक्षस केपी ओली,प्रचण्ड र शेरबहादुर देउवाको कारणले देशमा कुनै विकास हुन नसकेको हो । अब यी नालायकहरुले देश समेत बेच्न लाग्यो, खबरदार अब हामी देश बेच्न दिन्नौ । हामी कुनै हालतमा पनि यो राष्ट्रघातक विद्ययक पास हुन दिन्नौ भनेर कडा आक्रोस पोख्नु भयो । मिसन नेपालका सदस्य तथा सामाजिक अभियन्ता जेरी ताम्राकारले सरकारले जबरजस्ती यो विद्ययक पास गरायो भने ठूलो क्षेती बेहोर्नु पर्ने बताउनु भयो ।
यो विद्ययकको विरुद्धमा देश प्रेमी सबै अभियन्ताहरु एक जुत बनाएर सरकारको विरुद्धमा उत्रीने बताउनु भयो । साधारण गरिबको छोरी निर्मला पन्त भलात्कारको आरोपीलाई अझै सरकारले सार्बजनिक गर्न नसकेको बताउदै त्यो ठाउँमा राज्य शक्तिमा लागेका व्यक्तिको छोरी भईदिएको भए दुई दिनमा आगो बल्थ्यो भन्नु भयो ।
जनताले तिरेको करबाट देशविदेश घुम्ने,मसमस्टि रमाउने ठुलो मात्रामा कमिसन खाएर पनि नपुगेर अझै देश नै बेचेर भए पनि यो राष्ट्र घातक एम सि सि ल्याउन लागेको बताउनु भयो । यसमा सबै जनता सचेत भएर खबरदारी गर्न पनि उहाले आग्रह गर्नु भयो । देशको रक्षाको लागी अब जनता पुलिसको गोली खान पनि कुनै तयार भएको ताम्राकारले बताए ।