सोलुखुम्बु जिल्ला कमिटी नेकपाद्वारा एक दिने घोष्ठी कार्यक्रम गरिने
कलाखबर संवाददाता,१६,माघ–काठमाण्डौं । पार्टीले जनप्रतिनिधि चलाउने कि जनप्रतिनिधिले पार्टी चलाउने भन्ने विषमा जिल्ला कमिटी नेकपा सोलुखुम्बुद्वारा एक दिने घोष्ठी गरिने भएको छ । सोलुखुम्बु जिल्लाको महाकुलुङ ३ गाँउपालिकामा माघ १७ गते सो एक दिने घोेष्ठी हुने भएको छ ।
प्रमुख भक्ताहरुमा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य किशोर कुलुङ लगायतका अन्य भक्ताहरु रहने भएको छ । जुक्तुस्तो होटलमा आयोजित कार्यक्रममा सबै अतिथि तथा पार्टीका सम्पूर्ण सदस्यहरुलाई ठीक १० बजे बोलाइएको छ ।
सो घोष्ठीमा पार्टी र जनप्रतिनिधि बीचको सम्वन्धलाई कसरी अगाडी लैजाने ?गाँउको विकास के भईरहेको छ ? अबको आगामी योजना के हो ? भन्ने विषयमा विशेष छलफल हुने पार्टीका जिल्ला कमिटी सदस्य किशोर कुलुङले बताउनु भयो ।