Logo

बैनाबट्टा चलचित्रको टेलर सार्बजनिक,फागुण २१ गते च्यारिटीको भव्य तयारी


कलाखबर संवाददाता,१५,माघ–काठमाण्डौं । मंगलबार बैनाबट्टा चलचित्रको टेलर सार्वजनिक भएको छ । सुम्हात्लुङ फिल्मस प्रा.लि.को व्यानरमा निर्मित नेपाली कथानाक चलचित्र बैनाबट्टाको टेलर सार्वजनिक गर्दै आगामी फागुण २१ गते च्यारिटी शो गर्ने निर्माता पक्षले जनाएको छ । समाजबादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा राष्ट्रीय नाँचघर जमलमा सो बैनाबट्टा चलचित्रको च्यारिटी शो हुनलागेको हो ।

कलाकार तथा चलचित्रकर्मी राज चाम्लिङको कथा निर्देशन रहेको यस चलचित्रको निमार्ण प्रेम लावतीले गर्नुभएको छ । भवानी घिमिरे, बिक्रम नवेम्वाङ, राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह चलचित्रका सहनिर्माता रहेका छन् । ताप्लेजुङ,र्पाँचथर,बिर्तामोड लगायत पूर्वीय नेपालमा बसोबास गर्ने लिम्बु जातीको कला सँस्कृति र जिवन शैलीमा आधारित नेपाली कथानाक चलचित्र निर्माण गरिएको निर्माता पे्रम लावतीले बताउनु भयो ।

आफ्नो मौलिक कला सँस्कृति र पहिचान झल्काउने यो चलचित्रको मुख्य उद्देश्य रहेको जानकारी दिदै, सबै आम दर्शकले रुचाउने पनि निर्माता लावतीले कलाखबरलाई बताए । अहिले रिलिजको डेट फिक्स नभएपनि करिब ६ महिना भित्रमा सबै आम दर्शक माझमा ल्याई सक्ने पनि निर्माता टिमले जनाएको छ । पूर्वीय नेपालको मनमोहक छटाबाहक सुन्दर प्रकृतीको पृष्ठभूमीमा ताप्लेजुङ,र्पाँचथर जिल्लामा यो चलचित्र छाँयाङ्कन गरिएको निर्देशक राज चाम्लिङले बताए ।

कथा वस्तु,कलाकार र प्रकृती सबैको संयोग मिलेकोले पनि चलचित्र निकै राम्रो र रोमाञ्चक बनेको पनि निर्देशक राईले जानकारी दिए । मुख्य कलाकारको भूमिकामा देवेन्द्र नेम्वाङ,कविता वान्तावा राई,बाबु मोक्तान र रश्मिला तामाङ रहेका छन भने अन्य कलाकारहरुमा अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगाएतका कलाकारहरुको रोचक अभिनय रहेको छन् ।

यस चलचित्रको नृत्य निर्देशन कमल राईले गर्नु भएको छ भने छायाँकन तथा सम्पादन देबजँग थापाले गर्नु भएको छ । नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा । यसैको सेरोफेरो चलचित्रको बिषयबस्तु रहेको छ।

प्रतिक्रिया दिनुहोस्