Logo

गोसाई कुण्ड घुम्न हिडेका दुई युवाको मृत अवस्थामा शव फेला


कलाखबर संवाददाता,१३,माघ–काठमाण्डौं । पुष २८ गते गोसाई कुण्ड घुम्न हिडेका दुई युवाको शव मृत अवस्थामा भेटिएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट घुम्न निश्किएका दुई युवाको शव हिउँले पुरिएको अवस्थामा भेटिएको हो । माघ ३ मा हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ र काठमाडौ जोरपाटीका २० वर्षका जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अबस्थामा भेट्टिएको गाउँपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार हराएका व्यक्तिको खोजीको लागी गाउँपालिका मार्फत परिचालन गरिएको पर्यटक गाइड समेत रहनुभएका तादी गाउँपालिका–१ उर्लेनीका लालबहादुर तामाङ नेतृत्वको उद्धारकर्मीको समूहले शव भेट्टाएको हो । गत पुस २८ गते गोसाईकुन्ड हिडेका उनिहरू उच्च हिपपात भएपछि माघ ३ गते नुवाकोटको ध्याङफेदिस्थित एक होटलमा बसेका थिए ।

हराएका युवाको खोजीको लागी गाउँपालिका, प्रहरी, स्थानीयबासी एवम् आफन्तले हेलिकोप्टरको समेत प्रयोग गरेपनि अबस्था थाहा हुन सकेको थिएन । उनीहरुको खोजीको लागी गाउँपालिकाले रु एक लाख उपलब्ध गराउने जनाएपछि परिचालन भएका मध्ये लालबहादुर तामाङको नेतृत्वमा रहेको उद्धारकर्मीको समूहले फेदीको खोँच स्थित हिउँमा पुरिएको अबस्थामा दुबैजनाको शव बरामद गरेको हो । शव परीक्षणको लागी हेलिकोप्टर मार्फत काठमाडौ पठाउन लागिएको जिल्ला प्रहरी प्रमुख अबिनारायण काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्