Logo

आँखामा खुर्सानीको धुलो हालेर पचास लाख लुटने, लुटेरा प्रहरीद्वारा सार्बजनिक


 

कलाखबर संवाददाता,१३,माघ–काठमाण्डौं । पूर्व सैनिक बच्चुराम गुरुङलाई आँखामा खुर्सानीको धुलो हालेर पचास लाख लुटने ६ जना लुटेरालाई प्रहरीले सार्वजनिक गरेको छ ।

लुटेराले बच्चुरामलाई खुकुरी, फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्केर लुटेको खुलेको छ। पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउपालिका ६ कटजुनका ३० वर्षीय नकुर तामाङ, दाङ पुरन्धारा वडा ९ का ३८ वर्षीय वेदबहादुर भनिने भीमबहादुर घर्तीमगर,

रसुवा आमाछोदिङ्मो गाउपालिका ५ गोलजुङका ३८ वर्षे दावाछिरिङ तामाङ, रामेछाप मन्थली नगरपालिका वडा ९ का ३६ वर्षे कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगया गाउँपालिका वडा ३ खड्कुका ३६ वर्षे तेन्जिङबहादुर तामाङ र रसुवा उत्तरगया गाउँपालिका वडा २ खड्कुका २८ वर्षे संजित वाइबा रहेका छन् ।

उनीहरुले शुक्रवार बिहान ९ बजेतिर ‘चम्किने ढुङ्गा’ किन्न भन्दै उनी काभ्रेस्थली पुगेका गुरुङको पैसा लुटेका थिए । शुक्रवार बिहान लुटेको पैसाबाट लुटेराहरुले २४ घन्टाभित्रै पल्सर बाइक, ७७ हजार रुपैयाँको औंठी किनेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले आफूले ऋण लिएको फाइनान्सको किस्तासमेत तिर्न भ्याएको खुलेको महनगरीय अपराध महाशाखा टेकुका एसपी मुकेश कुमार सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्