च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डस् सद्भाबना दूतमा विश्व किर्तिमानी चित्रकुमार कार्की कसरी नियुक्ति भए
कलाखबर संवाददाता,१०,माघ–काठमाण्डौं । खोटाङ जिल्लामा जन्मेर उदयपूर जिल्लालाई आफ्नो कर्मथलो बनाएका विश्व किर्तिमानी चित्रकुमार कार्की च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डस् सद्भाबना दूतमा नियुक्ति भएका छन् । सानैदेखि पाइलट बन्ने सपना देखेका कार्की अन्त विश्व किर्तिमानी बने । बौद्धिक र क्षेमताबादी कार्की सामान्य परिवारमा हुर्केको र आर्थिक चपेटामा पिल्सिएकाले अन्त त आफ्नो सपनाले अर्कै मोड लियो ।
सानै उमेरमा पिताको देहावसानले रन्थनिदै सामान्य परिवारमा हुर्केका कार्कीले देशका लागि केही न केही गर्छु नै बन्ने सपना दिनको संकेत विहानीले गर्छ भनेझै सानैमा देख्न थाले । निरन्तर प्रयास र मेहिनतले त्यो सपनाको रेखा कोर्न २०११ देखि उनी लागि परे । उल्टो मोटरसाइकल चलाएर कार्की चर्चामा मात्र आएन । उनले विश्व रेकड तोड्दै गिनिज बुकमा नाम लेखाएर नेपाल र नेपालीको शीरलाई नै उच्च बनाए ।
‘शान्ति र संविधान युवाको अभियान, भ्रष्टाचारमुक्त राष्ट्र निमार्ण गरौं, पर्यटकलाई आकर्षित गरौं ‘ भन्ने मुल नारा बोकेर २०११ मा उल्टो मोटरसाइकल चलाउदै उनी यात्रामा निस्किए । यात्री कार्कीले चारवटा विषयमा विश्व कीर्तिमान कायम गरेका छन् । च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डस्ले यसै २०२०, जनवरी ३, तारेखमा कार्कीलाई सद्भाबना दूत नियुक्त गरेको हो ।
सन् २०११ मा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो मोटरसाईकलको यात्रा गरेर कार्कीले कीर्तिमान राखेका थिए । उनी २०७३ का लागि वर्ष साहसिक युवा प्रतिभा पुरस्कारबाट सम्मानित भईसकेका छन् । त्यस्तै रौता एकता समाज र नेपालटार एकता समाजले पनि उनलाई सम्मान गरिसकेको छ ।
यस वल्ड रेकडको अफिस नेपालमा नै स्थापना गरेर अरु नयाँ कीर्तिमानीहरुलाई सहयोग गर्ने पनि कार्कीले कलाखबरलाई बताए । पत्रकारिता पेशाबाट आफ्नो करिअरको सुरुआट गरेका कार्कीले यो विश्व कीर्तिमानी क्षेत्रमा लागेको ११ वर्ष भएको पनि बताए । कलाखबरले कार्कीसँगको बाँकी कुराकानी भिडियोमा हेर्न सकिन्छ ।