Logo

नेपाल सरकारका सचिवको लेखले स्थानीय आक्रोशित

कलाखबर संवाददाता,माघ, ९–पर्वत ।    पर्वतको फलेवास नगरपालिका अहिले बहुलाएको छ भन्दै नेपाल सरकारका सचिव भिम उपाध्यायले लेखेको लेख पढेर फलेवास नगरपालिकाका स्थानीय वासिन्दाले आको्रशका साथै आलोचना गरेका छन् । उपाध्यायको नाममा, ७ माघ २०७६, मंगलवार प्रकाशित भएको लेख संसार न्यूजको सभार वाट गण्डकी अनलाईन खबरले प्रकाशित गरेको थियो ।

फलेवास नगरपालिकाले नगर विकासको लागि थालनी गरेको “क्लिन फलेवास ग्रिन फलेवास” भन्ने कार्यक्रम अन्तर्गत केही वाडहरुमा बसोवास गर्ने घर तथा गोठ वाट औषतमा करिव २५ मीटर दुरी भित्र पर्ने रुखहरुमध्ये घरहरुलाई असर गर्ने रुखहरु काट्ने काम हुँदै आएको छ, जुन काम फलेवास नगरपालिकाको आदेशमा नभई स्थानीय गाउँ तथा समुदायको आवस्यकता रहेकोले, छलफलमा वडाको निर्णयवाट थालनी गरीएको स्थानीय बताउँछन् ।

के यो कार्यक्रम गलत हो त, भनेर कलाखबर संवाददाताले प्रश्न गर्दा फलेवास नगरपालिका वडा नं. १ का स्थानीय टेक नारायण सर्मा, वाड नं. २ का स्थानीय तारा वहादुर पौडेल क्षेत्री लगायतका स्थानीयले आर्कोशित हुँदै भने ‘हामीलाई बाँदरले खेती खान दिएन, जंगली जनावरको आतंक छ, आगँनमा रुखले घाम छेकेर बिक्सुन सुकाएर खान समेत गाह्रो छ, यसरी असर पारेका रुखहरु काट्दा बहुमतको निर्णय समेत प्रयोग भएको छ तर काठमाण्डौ बसेर स्थानीय गाउँको दिर्घकालिन सोच सहित विकास गर्दा गलत प्रचार गर्दे गलत सूचना प्रयोग गरेर लेख लेख्ने अधिकार कसैलाई छैन् ।

तीनै तहका सरकारबाट सञ्चालन गरिने कार्यक्रमको गलत कामको लागि खवरदारी गर्ने र राम्रो कामको लागि प्रशंसा सहित सहयोग गर्ने जिम्मेवारी स्थानीयको हुन्छ । क्लिन फलेवास ग्रिन फलेवास अन्तर्गत सञ्चालन गरीएका उक्त मापदण्ड बमोजिम रुख काट्ने कार्यक्रम प्रशंसा योग्य रहेकोले गलत सन्देश उल्लेख गर्दे प्रसारण गर्ने कार्य राम्रो नभएको थपाठाना मा. वि. का शिक्षक थानेश्वर शर्माले बताए । फलेवास नगरपालिकाले सञ्चालन गरेको उक्त कार्यक्रममा, नगरपालिकाका एघारवटै वडाहरु र वाडका टोल तथा बस्तीहरु, विद्यालयहरुमा समेत स्थानीय तथा विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

उक्त अभिमुखीकरण कार्यक्रममा आज सम्म फोहोर स्थान्तरण गर्दै आएको र अब फोहोरलाई स्थान्तरण हैन व्यवस्थापन गरी, फोहोरलाई मोहोरमा परिणत गर्ने र आम्दानीमुखी हरीयालीको विकास गर्ने नगरपालिकाका प्रतिनिधिहरु बताउँछन् । व्याक्तिगत स्वार्थका लागि नभई समाजको स्यार्थका लागि दीर्घकालिन सोच सहित नीति नियम प्रभावकारी रुपमा प्रयोग गर्दै अगाडि बढ्दा समाजले सहयोग गर्ने तर गलत कामको लागि, जनताले सरकारलाई समेत कारवाही गर्ने अधिकार रहेकोले स्थानीय देखी संघीय सरकार लगायत लेखक समेत सचेत बन्नुपर्ने स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्