Logo

रहर पुरा गर्ने मात्र होइन, मेरो सपना एक सफल कलाकार बन्ने हो ः मोडल शशी कला माझी


कलाखबर संवाददाता,८,माघ–काठमाण्डौं । पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन् । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ । रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा भविष्य बनाउने सिमित हुन्छन त्यसमा एक प्रतिनिधि बनेकी छिन् बाग्मती प्रदेशको राजधानी हेटौडाको बकैया घर भई हाल काठमाडौमा बस्दै आएकी शशीकला ।

१० बर्ष अघि राजधानी प्रवेश गरेकी शशी मोडलिङमा नै आफनो भविष्य खोजिरहेकी छन् । मोडलिङ गर्दै आएकी शशी आफु रहरले नभएर सफल कलाकार बन्ने महान सपना पुरा गर्नका लागि यस क्षेत्रमा लागेको बताउँछिन् । शशीले उत्साहित हुदै भनिन् – मेरो सानैदेखी कलाकार बन्ने ठुलो सपना थियो । त्यही सपनालाई पुरा गर्न म मोडलिङमा आएकी हुँ ।

आफनो मेहनत गरे अनुसार सफलता पाइरहेको बताउदै शशीले भनिन ‘गर्दै जाँदा एक दिन अवश्य पनि सफलता मिल्छ त्यसैले मैले मोडलिङलाई निरन्तरता दिनुपर्छ ,सबैको सुझाव र प्रेरणाका साथ एकदिन सफल हुने विश्वास लिएकी छुँ ।’ हुन त शशी कलाकारमात्र बन्ने उनको शौख होइन उनी एउटा खेलाडी पनि हुन । उनी विशेष गरेर फुटबलमा आफु दख्खल भएको बताउछिन ।

उनले जिल्ला स्तरीय फुटबल प्रतियोगितामा सहभागी भइ अवार्ड समेत जित्न सफल भएकी छन् । शशी अहिले मोडलिङमा निकै लागिपरेकी छिन् । छोटो समयमै शशीलाई सफलता पनि मिलेको छ । दर्जनौ नेपाली चलचित्रका गीतहरुमा शशीलाई देख्न सकिन्छ । केही म्युजिक भिडियोहरुमा समेत शशीले अभिनय गर्ने अवसर प्राप्त गरेकी छन । शशीले दुइ किनारा चलचित्रमा अभिनय गर्ने अवसर पाइ सकेकी छन ।

सानै उमेरदेखि मोडलिङ क्षेत्रमा एउटा छुट्टै नाम कमाउन चाहन्थे शशीले कलाखबरलाई भनिन् । आफनो कर्तव्यबाट कहिल्यै टाढा नभइ हिम्मत र शाहसका साथ अगाडि बढिरहेको बताउछिन । घरपरिवारमा यस क्षेत्रमा खासै कोही नलागेपनि परिवारको राम्रै सपोर्ट छ । मोडलिङको सुरवाती अवस्थामा पाएको माया र हौसलाले आफु उत्साहित भएको बताउँदै उनले साथीहरुको सपोर्टले काम गर्न सजिलो भएको सुनाईन् ।

विशेष गरेर शशी आफु सर्ट मुभीहरु हेर्न रुचाछिन तर पनि आफु भने लभ स्टोरी र एक्सन प्रधान चलचित्रमा अभिनय गर्न आफनो रुची भएको बताउने शशी पछल्लो समय म्युजिक भिडियोहरुमा ब्यस्त रहेकी छन् । म्युजिक भिडियो गर्दै आएकी शशी चलचित्रमा अफर आएमा आफुलाई सुट भएमा अभिनय गर्ने बताईन् । ग्लामर भन्दैमा उत्ताउलोपन भन्दा पनि कथा अनुसार ग्लामर सिन दिन रुचाउने शशीले विशेष गरेर डान्सीङ बीटका गीतहरुमा डान्स गर्ने गरेकी छन ।

अभिनय विटमा भन्दा आफु डान्सिङबीटका गीतहरुमा कन्फिडेन्ट भएको उनी बताउछिन । उमेरले २२ औँ बसन्त पार गरेकी शशीकला एकअर्काको भावना बुझ्नु, सुखदुखमा साथ नछोड्नु नै मायाँका रुपमा लिन्छिन । बजारमा देखिएको फेसनेवल माया आफुलई राम्रो नलाग्ने उनी बताउछिन । शशी भन्छिन ‘माया प्रेम भन्ने वित्तिकै जोपायो उसको विश्वास गर्नाले पछुताउनु पर्छ, माया भनेको सोचेर गर्नुपर्छ उनले भनिन‘ ‘प्रेम फेशन होइन, देखाउनका लागि लगाउने लुगा होइन प्रेम त केवल भावनात्मक हुनुपर्छ अनिमात्र जीवन निर्वाह गर्न सहज हुन्छ ।

प्रतिक्रिया दिनुहोस्