Logo

हाँस्यकलाकार माग्ने बुढा केदार घिमिरे ट्राफिक प्रहरीको फन्दामा,पाँच सय जरिवाना तिरै छाडे

कलाखबर संवाददाता,८,माघ–काठमाण्डौं । हाँस्यकलाकार माग्ने बुढालाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । कारवाही स्वरुप ट्राफिक प्रहरीले घिमिरेलाई रु पाँच सय जरिवाना तिराएको हो । बुधाबार बिहान ग्वार्कोस्थित घरबाट निस्कने बेला सिटको बेल नगाएको बन्दै प्रहरीले उनलाई कारवाही गरेको हो ।

माग्नेले सिटको बेल नलगाई कार चढेर बाहिर निस्केको प्रहरीले उनलाई चिट काटेको हो । कारबाहीमा परेपछि उनी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका थिए । त्यसक्रममा ट्राफिक प्रहरी जवानले आफूसँग मिठो बोली, वचन गरेको घिमिरेले बताए । उनले महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवादसमेत दिएका छन् ।

मैले सिट बेल्ट लगाउन बिर्सिएछु । ट्राफिक भाइले तपाईंलाई कारबाही गर्छु है।। भनेर मिठोसँग भन्नुभयो घिमिरेले अनलाइनखबरसँग भने, ‘आफैं लाइसेन्स दिउँ दिउँ लाग्नेगरी बोल्नु भएपछि मैले पनि हुन्छ भनेँ । महाशाखा प्रमुख ढकालसँग उनले आफूलाई कारबाही गर्ने जवानलाई फेरि भेट्ने इच्छा गरे ।

त्यही अनुरुप ट्राफिक प्रहरी जवान सन्तोष चौधरीलाई भेटेर उनले राम्रो व्यवहार र वचनका लागि आभार दर्शाएका छन् । चौधरीको व्यवहारको सबै प्रहरीले सिको गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्