Logo

उपसभामुखबाट राजिनामा दिए लगतै शिवमाया मन्त्री बन्ने तयारी


कलाखबर संवाददाता,७,माघ–काठमाण्डौं । उपसभा मुखबाट राजिनामा दिए पछि शिवमाया तुम्हाफे मन्त्री बन्ने पक्का लगभक पक्का भएको छ । सभामुख कृष्ण बहादुर महराले राजिनामा दिए पछि आफूले सभामुखको दावी गर्दै आएकी तुम्हाम्फेले पार्टीको दवाब पछि अन्त राजिनामा दिएका हुन् । पार्टी निर्देशनको पालना गरेकोले उनलाई ओेलिले मन्त्री बनाउने तयारी गरेको छ ।

उपसभामुखबाट राजीनामा दिनुभन्दा अघि पनि ओलीले उनलाई यस्तो प्रस्ताव राखेका थिए । तर, उनले आफू मन्त्री बन्न ईच्छुक नभएको जवाफ दिएकी थिइन् । प्रधानमन्त्रीनिकट स्रोतले दिएको जानकारीअनुसार यही माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचन पछि प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक पूनर्गठन गर्ने तयारी थालेका छन् ।

सरकारमा यो पटक राजपा नेपालको पनि सत्तारोहण हुने बुझिएको छ । यसको लागि नेकपा र राजपा नेपालका प्रभावशाली नेताहरुबीच पछिल्लो समय छलफल चलिरहेको छ । यो पटकको मन्त्रिमण्डल पूनर्गठनमा ओलीले राजपाबाट दुई जना मन्त्री सरकारमा सहभागी गराउने योजना बनाएका छन् ।

यस्तो हुँदा अहिलेका केही मन्त्रीहरुलाई उनले विदाई गर्नसक्छन् । निवर्तमान उपसभामुख डा। तुम्बाहाम्फेलाई भने राम्रै मन्त्रालय दिने ओलीको प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस्