Logo

बीस हजार पर्यटक नेपाल भित्रयाउन सरकार सफल भएको मन्त्री योगेश भट्टराईको दावी


 

कलाखबर संवाददाता,६, माघ–काठमाण्डौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले बीस हजार पर्यटक नेपाल भित्रयाउन नेपाल सरकार सफल भएकोे दावी गरेका छन् । आईताबार राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालद्वारा प्रकाशित ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक विमोचन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सो कुरा बताउनु भएको हो ।

साथै उहाले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने पनि बताएका छन् । मन्त्री भट्टराईले पर्यटकलाई कुनै आपतविपत परे सरकार जुनसुकै बेला पनि उद्धार गर्न तत्पर रहेको बताए । भट्टराईले पर्यटकलाई आपतविपत परे सरकारले चाँडो सुरक्षा गर्न व्यवस्था मिलाएको समेत जनाकारी दिएका छन् ।

उनले अन्नपूर्ण पदमार्गमा पनि करिब दुईसय जना पर्यटकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको बताउँदै नेपाल भ्रमण वर्षलाई केहीले असफल बनाउन प्रयास गरेको भन्दै भौतिक पूर्वाधारको काम गुणात्मकरुपले अगाडि बढेको समेत दाबी गरे ।

राष्ट्रिय फोटो पत्रकार समूहलाई धन्यबाद दिदै सो पुस्तकले पर्यटन बर्ष २०२० सघाउन महत्वपूण भूमिका खेल्ने पनी मन्त्री भट्टराईले बताए । त्यो पुस्तक प्रत्येक देश हरेक होटल,अफिस तथा सबै टे«किङ एजेन्सिहरुमा समेत पुरयाउनु पर्ने पनी उहाँले बताए ।

प्रतिक्रिया दिनुहोस्