सार्वजनिक बसमा अश्लिल हर्कत गरि युवतीको कपालमा वीर्य फाल्ने युवक प्रहरीद्वारा सार्वजनिक( भिडियो सहित )
कलाखबर संवादाता,१,माघ–काठमाण्डौं । सार्वजनिक बसमा अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने रबिन सार्कीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गर्दै अपराधीलाई सार्वजनिक गरेको हो । तनहुँको साविक अरुणोदय गा.वि.स.१ भई चितवनको भरतपुर उपमहानगरपालिका विकास चोक बस्ने २१ वर्षीय सार्कीलाई प्रहरीले सोमबार चितवनबाट पक्राउ गरी महानगरीय प्रहरी हनुमानढोका टेकुलाई बुझाएको हो ।
२०७५ माघ ११ गते सार्वजनिक बसमा हस्थमैथुन गरेर एक युवतीको कपालमा वीर्य फालेको भिडियो ‘वुमन्स परियार नामको पेजबाट अपलोड गरेको सूचनाको आधारमा उनीमाथी निगरानी गरिएको थियो । सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियोमा अश्लील हर्कत गर्ने युवा र पीडित युवती दुवैको अनुहार देखिएको थिएन ।
अनुसन्धानका क्रममा उनी करिब ३ वर्ष अघिदेखि र काठमाण्डौंको बानेश्वरमा डेरा गरी बस्ने गरेका थिए । सामाजिक सञ्जालमा भिडियो पोष्ट भएपछि प्रहरीले समात्ने डरले भारत गएको खुल्न आएको छ । सन् २०१९ फेब्रुअरीमा भारत गएका उनी करिब ७ महिना उतै लुकीछिपी बसेका थिए। उनले पैसा कमाउन अश्लील भिडियो बनाएको प्रहरीले बताएको छ ।