गायीका समला राईद्वारा सुपुत्र कुशाहाङ राईको दोस्रो जन्मत्सव निसाहाय सेवा सदन वृद्धाआश्रममा मनाइयो

कलाखबर संवादाता,२९,पौष–काठमाण्डौं । गायीका समला राईले सुपुत्र कुसाहाङ राईको दोस्रो जन्मत्सव निसाहाय सेवा सदन वृद्धा आश्रममा मनाइएको छ । गत वर्ष रक हाउसमा भव्य पाटी गरि विभिन्न कलाकार तथा आफन्तहरुको बाग्लो उपस्थितिमा जन्मत्सव मनाइएको थियो । तर यो वर्ष भने छुट्टै परिवार सहित बानेश्वर स्थित निसाहाय सेवा सदन वृद्धा आश्रममा छोरोको जन्मत्सव मनाएको हो ।
सो जन्मत्सवको अवसरमा ४ जना पुरुष र ३३ जना महिला गरि जम्मा ३७ जना वृद्धवृद्धहरुलाई मीठा भोजन खुवाएर मंगलबार राजधानी काठमाण्डौंको बानेश्वर स्थित निसाहाय सेवा सदन वृद्धा आश्रममा गायीका राईले खुशी साटेका हुन् ।
बुढाबुढीको आशिर्बादले छोरो कुशाहाङको वभिष्य उज्वल हुने र सुस्वास्थ्य एवम् लामो आयु हुने विश्वाससँगै वृद्धा आश्रममा रहेका आमाबुवाहरुलाई पनि हल्का रमाईलो महशुस होस भनेर यो आश्रममा छोराको जन्मत्सव मनाइएको गायीका राईले बताइन् ।
यो खालको कार्यक्रमले मनमा आनन्द मात्र नभएर एउटा परिवारिक घुलमिलसँगै राम्रो माहोवल पनि मिलेको उनले बताईन् । पिता धन कुमार राईले छोरा कुशाहाङको जन्मत्सव यो बृद्धा आश्रममा मनाउन पाउदा निकै खुशी लागेको बताए । बुढाबुढीहरुसँगको जम्काभेट घुलमिलले एक प्रकारको छुट्टै आनन्द मिलेको उहाले बताउनु भयो ।
परिवारको सामुहिक तस्बिर
बृद्धबृद्धाहरुको उज्याँलो महारले आफ्नो परिवारमा पनि एक खालको खुशी छाएको राईको भनाई थियो । कुशाहाङ राईलाई जन्मत्सवको बधाई तथा शुभकामना दिन गायीका विनिता राई पनि आफ्नो परिवार सहित पुगेका थिए ।
परिवारको सामुहिक तस्बिर