सामाजिक सञ्जालमा गलत लेख्नेलाई सिधै जेल होईन, उसको सञ्जाल नै बन्द गर्नुपर्छ ः दिपेन्द्र कँडेल
कलाखबर संवाददाता,२९,पौष–काठमाण्डौं । सरकारले ल्याएको विद्ययकलाई जसरी भएपनि पास गरेरै छाडने पब्लिक ईनोभेटर ई. दिपेन्द्र कँडेलले बताउनु भएको छ । यूटयूब र फेसबुक छाँडा भएको बताउदै यसलाई नियन्त्रणका लागि यो विद्ययक पास हुनु जरुरत भएको उहाले बताएका छन् । नेपाली नागरिक कसैको पनि स्वतन्त्रता हनन् नहुने कँडेले दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् ।
उनले उक्त विधेयक सर्वसम्मतीले पारित गराउनको लागि राजनीतिक दललाई आग्रह समेत गरेका छन् । उनले दाबी गर्दै भने,यो विधेयेक सम्पूर्ण देशवासीको हितमा छ । यसलाई अविलम्ब पारित गर्नुको विकल्प छैन् । यो विद्ययक पास गर्न नसकेमा सरकार नै असफल हुने उनले बताए । यद्धपी उनले विद्येयकको सजाय तथा कसुरको प्रावधानमा भने आफ्नो असहमति जनाए । उनले संविधानमा लेखिएको सजायलाई परिमार्जन गरेर सजाय तोक्ने प्रावधानको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
विद्येयकमा राखिएको सजाय तथा कसुरको प्रावधानलाई सच्याएर सामाजीक सञ्जालमा गलत धारणा प्रकाश पार्ने व्यक्तिको सजाय उनीहरुको सामाजीक सञ्जाल नै बन्द गराउनु उत्तम हुने तर्क उनले अघि सारे । ‘सामाजिक सञ्जालमा लेखेकै भरमा उसलाई सुरुमै जेल हाल्ने होइन्, कैद गर्ने प्रावधानमा मेरो असहमति छ,उनले थपे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकसामू सजायलाई मात्र केन्द्रित गरेर उक्त विधेयक खारेजीको माग गरेकोमा पनि कँडेलले घोर आपत्ति जनाए ।
उनले सामाजिक सञ्जालको हकमा नेपालमा रहेका प्रत्येक सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त सञ्जालहरु विधिवत रुपमा दर्ता गराउनुपर्ने धारणा राखे । एक समाजिक सञ्जालमा एउटा अनलाइनले दैनिक सेक्स गरेमा रुघा खोकी भाग्छ भन्ने समाचार लेखेको प्रति कडाँ आक्रोस पोखे ।
कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता पुण्य गौतमले पनि उक्त सूचना प्रविधि विधेयेकले कसैको स्वतन्त्रतालाई ठेस नपुर्याउने स्पष्ट पारे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो विधेयकलाई गलत ढंगले प्रस्तुत गरिरहेको गौतमले बताए। उनले उक्त विद्येयकले नेपालको विकासमा ठूलो भूमिका खेल्ने विश्वास दिलाए । समाजमा विद्यमान रहेका सबै प्रकारका विकृति तथा विसंगतिलाई हटाउन सरकारले ल्याएको विधेयक उपयुक्त हुने बताए ।
यो विद्येयकले प्रेस स्वतन्त्रतालाई केही हानी नपुरयाउने पनि गौतमको भनाइ थियो । अहिलेको समयमा सामाजिक सञ्जालले मानिसको जीवनमा ठूलो भूमिका खेलिरहेको छ । यसलाई गलत तत्वबाट मुक्ति दिलाउन सो विधेयक जरुरी थियो । उनले प्रजातन्त्रको मसिहा भन्ने केही व्यक्तिको सम्पूर्ण जन्मकुण्डली आफूले राखेको टिप्पणी गरे ।
विद्येयक आएपनि फेसबुक, युट्यूब, ट्विटरलगायतका सामाजिक सञ्जाल सजिलै चल्ने र यसमा कुनै प्रकारको समस्या नआउने समेत उनको विश्वास छ । सामाजिक सञ्जालको स्वतन्त्रताको निम्ति पनि उक्त विधेयक संसदबाट सर्वसम्मतीबाट पारित गर्नुपर्ने उनले आवश्यकत्ता औंल्याए । सरकारले सर्वसाधारण र आम जनतालाई बुझाउन नसेकेकोले अहिलो ठूलो भारभैलो सृजना भएको उनले बताए ।