अभिमुक्त विष्णु लामालाई प्रहरीले गोली हानेपछि काखे वालक सहित श्रीमतीको पत्रकार सम्मेलन
कलाखबर संवाददाता,२८,पौष–काठमाण्डौं । अभिुमुक्त विष्णु लामालाई सादा पोशाकमा आएका प्रहरीले पक्राऊ गरि गोली हानेको छ । आत्मासमर्पण गरिसकेपछि प्रहरीले गोली हानेको भन्दै आफन्त सहित काखे वालक च्याँपेर श्रीमतीले पत्रकार सम्मेलन गरेका छन् । प्रत्रकार सम्मेलनमा बोल्दै श्रीमती मनमाया लामाले यस्तै हो भने अब प्रहरीले सर्बसाधारण मार्ने बेर छैन, सुरक्षाको के काम भन्दै चर्को रुममा प्रहरी प्रशासनको आलोचना गरेका छन् ।
२७ पौषमा जोरपाटीस्थित मेडिकल कलेज बाहिर खाजा खाइरहेको ठाउँमा प्रहरी आई समातेर मुडाँमा राखेर दुवै खुट्टामा गोली हानी घाइते बनाएको भाई विश्व लामाले बताए । यद्यपी घाइते अवस्थामा समेत भेट्न नदिइएको भन्दै आफन्तले आपत्ती जनाए । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी विष्णु लामाकी पत्नी मनमाया लामाले पतिलाई सादा पोशाकमा आएका प्रहरीले नियन्त्रणमा लिएपछि गोली हानेको आरोप लगाइन् ।
उनले प्रश्न गरिन्, ‘यसरी गोली हान्न पाइन्छ रु’ सुरक्षाका लागि खटिएको प्रहरीले नै आत्मसमर्पण गरेको मान्छेलाई गोली हान्छ भने सुरक्षा दिन्छ भन्ने विश्वास गर्न नसकिने बताइन् । उनले सरकारसँग न्यायको माग गर्दै गोली हान्नेमाथि कडा कारबाही गरिनुपर्ने बताइन् । मनमायाले आफ्ना पतिलाई कानुन अनुसार कारबाही हुनुपर्ने पक्षमा आफूपनि रहेको तर गोली हान्नेविरुद्ध कानुनी उपचारमा जाने बताइन् । उनले भनिन्, ‘यस्ते हो भने प्रहरीले मान्छे मार्दै हिंड्छ । विष्णु लामालाई गोली हान्न आदेश दिनेमाथि समेत कारबाही हुनुपर्ने उनको माग थियो ।
श्रीमान बाँचेको भन्दै खुट्टामा गोली लागेपछि बालबच्चाको जिम्मेवारी कस्ले लिने भन्ने प्रश्न गरिन् । बच्चासहित पत्रकार सम्मेलनमा उपस्थित मनमायाले घटनाको छानविन हुनुपर्ने माग गरिन् । घाइते अवस्थामा उपचाररत पतिलाई प्रहरीले भेट्न समेत नदिएको उनको भनाई थियो । पक्राउ गरी गोली हानेकाले यसको जिम्मेवारी प्रहरी हुनुपर्ने बताइन् । उनले भनिन्, जबरजस्ती गुण्डा भनेर मेरो श्रीमानलाई गोली हानिएको छ ।
कार्यक्रममा नेकपा पार्टी अध्यक्ष तथा जील्ला सदस्य पदमबहादुर श्रेष्ठले विष्णु लामालाई सरकारद्धारा लगाइएका अभियोग जायज रहेको भन्दै गोली नै हान्ने कदम न्यायोचित नभएको बताए । पक्राउ गरेपछि अन्य ठाँउमा लगेर गोली हानिएको भन्दै निष्पक्ष छानविनको माग गरे । फरार अभियुक्त विष्णु लामालाई झुटो मुद्दा लगाएर गोली हानिएको उनको आरोप थियो ।
वीर अस्पतालमा उपचारको क्रममा रहेको विष्णुको आफ्न्त समेतलाई भेट्न दिएको छैन् भन्दै आपत्ती जनाएका छन् । विष्णु लामाका भाई विश्व लामाले आफ्नै अगाडि दाजुलाई सादा पोशाकको प्रहरीले लिएर गएको बताए । प्रहरीका सामु आत्मसमर्पण गरेपछि हथकडी लगाइएको र त्यसपछि अन्यत्र लगेर गोली हानिएको खुलाए ।
कानुनसम्मत कारबाही हुनुपर्नेमा गैरन्यायिक तरिकाले गोली हानिएको बताए । पक्राउ पछि प्रहरीमा खोजीका लागि जाँदा गोली हानी घाइते भएको खबर साँझमा थाहापाएको जानकारी दिए । आफूलाई अस्पतालमा डाकिएको तर माथिको आदेश भन्दै भेट्न नदिइएको बताए । बौद्ध प्रहरी प्रमुख रमेश बहादुर सिंहले गोली हान्ने आदेश दिएको भन्दै उनी माथी सक्दो कार्वाही गर्नुपर्ने आफन्तहरुले माग गरेका छन् ।