Logo

जनताको पसिना माथी आयल निगमको हालीमुहाली, ढाड सेक्ने गरि इन्धनको भाउ बढाएर बोनस बाँडने निगमको निर्णय


कलाखबर संवाददाता,२७,पौष – काठमाण्डौं । नेपाल आयल निगमले जनताको पसिना माथी हालीमुहाली गर्दै बोनस बाँड्ने निर्णय गरेको छ । ३५ अर्ब सञ्चित नोक्सानी पूर्ति गर्दै विगत केही वर्षदेखि नाफामा जान थालेपछि कर्मचारीलाई बोनस बाँड्ने निगमले निर्णय गरेको हो । निगमको बिहीबार बसेको बैठकले आर्थिक वर्ष ०७५–७६ को नाफाबाट एक प्रतिशत रकम बोनसबापत वितरण गर्ने अधिकार व्यवस्थापनलाई दिएको हो । त्यति मात्रै होइन, निगमको शनिबार आयोजित ५०औँ वार्षिकोत्सवका अवसरमा कर्मचारीलाई थप एक महिनाको तलब पुरस्कारस्वरूप दिने घोषणा गरियो ।

चार वर्षअघिसम्म निगमले सञ्चित घाटा ३५ अर्ब बेहोर्दै थप ३६ अर्ब रुपैयाँ ऋणमा डुबेको थियो । यसबीचमा निगम सञ्चित नोक्सानी र ऋण चुक्ता गरेर चार वर्षदेखि निरन्तर नाफामा छ । खरिद मूल्यको तुलनामा दोब्बर मूल्यमा पेट्रोलियम पदार्थ बेची निगमले नाफा आर्जन गर्दै आई हरेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा नेपालमा पनि बढाउने, तर बाहिर घट्दा यहाँ मूल्य नघटाएर चर्को नाफा कमाउने रणनीति निगमले अँगाल्दै आएको छ ।

गत आव ०७५र७६ मा करकट्टीपछिको खुद नाफा चार अर्ब कमाएको निगमले चालू आवको अहिलेसम्म तीन अर्बभन्दा बढी नाफा कमाइसकेको छ । सञ्चालक समितिले बोनस वितरण गर्ने निर्णय गर्दै सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई चिठी पठाउने निर्णयसमेत गरेको खबर नयाँपत्रिका दैनिकले प्रमुखताका साथ प्रकाशित गरेको छ ।

जनताले तिरेको पसिनाको कमईबाट देशका कर्मचारहरु मज्जाले रमाउने भएको छ । समयमा कुनै कम्पनीले कर तिरेन भने सरकारले कार्वाही गर्ने तर राज्यको ढुकुटीमाथी कर्मचारी तन्त्रले मनपरी गर्दा कसले कार्वार्ही चालाउने ? अब यो प्रश्न सरकारलाई तेस्र्याउने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्