नयाँ बानेश्वरबाट शुक्रबार प्रहरीद्वारा १३ जना जुवाडे पक्राऊ

कलाखबर संवाददाता,२७,पौष – काठमाण्डौं । प्रहरीले नयाँ बानेश्वरबाट १३ जना जुवाडेलाई पक्राउ गरेको छ । शुक्रबार साँझ विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरले १३ जना जुवाडेलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–३१ स्थित एक घरमा जुवा खेलिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिउको वृत्तका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
पक्राउ परेका १३ जनाको साथबाट तीन लाख ७५ हजार ४९० रूपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश स्थानीय व्यावसायी छन् । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।