Logo

प्रेस सेन्टर नेपालद्वारा २५ सदस्य सहितको नयाँ कार्य समिति गठन,अध्यक्षमा सर्ब सहमतिबाट सुमन बाङदेल सिफारिस,(विज्ञप्ति सहित)


कलाखबर संवाददाता,२७,पौष–काठमाण्डौं । प्रेस सेन्टर नेपाल प्रदेश तीनले शनिबार एक भेला आयोजना गरि २५ सदस्य सहितको नयाँ कार्य समिति गठन गरिएको छ । भेलासँगै प्रत्रकारिता तालिम सरकारले ल्याउन लागेको नयाँ विद्ययकको विषयमा अन्र्तक्रियात्मक कार्यक्रम पनि गरिएको थियो । भेलाबाट पत्रकार सुमन वाङदेलको अध्यक्षतामा २५ सदस्यीय प्रदेश कमिटि निर्वाचित भएको छ ।

नव निर्वाचित कमिटिको सचिवमा अरुणा मानन्धर, सदस्यहरुमा गोविन्दराज नाथ, शर्मिला तामाङ, शान्ति नाछिरिङ, सुनिल बानियाँ, सुनिल कुँवर, सरिता गुरुङ, सुदिप जेरुङ, इन्द्र कुमार राई, अर्जुन बिष्ट, बिष्णु विश्वकर्मा, विशाल अधिकारी, सुवास बिष्ट, धौलाधन राई कान्छा लगायत रहेका छन् । कार्यक्रम पत्रकार सुमन वाङ्देलको सभापतित्व र नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष तथा पत्रकारका फ्याक्सन इन्चार्ज रंगनाथ ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको विशेष आतिथ्यता तथा नेपाल पत्रकार महासंघ र अन्य पत्रकार सम्बद्ध संघ संगठनका नेताहरुको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष ढकालले मिडियाहरु वर्गिय हुने भएकाले जनपत्रकारहरुले जनताको पक्षमा समाचार लेख्नुपर्नेमा जोड दिएका थिए । उनले पत्रकारलाई राज्यको पहिलो अंगको रुपमा नबुझ्दासम्म त्यसलाई सम्मानीत बनाउन नसकिने तर्क समेत गरे ।

प्रेस सेन्टर नेपाल प्रदेश तीनको भेला भव्य रुपमा सम्पन्नः अध्यक्षमा सुमन बाङ्देल ९विज्ञप्ति सहित० २५ सदस्यीय प्रदेश कमिटि निर्वाचितः संघर्षमा जोड दिने भएको छ । पछिल्लो चरणमा राज्यले पत्रकारहरुमाथि गिरफ्तारी गर्ने, त्राश फैलाउने, नियन्त्रण गर्ने खालका गतिविधि बढाएको प्रति कार्यक्रममा विरोध गर्दै जनपक्षिय निर्णय गरिने कुरा अध्यक्ष बाङ्देलले बताए ।

माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य अरुण घिसिङले भेलामा शुभकामना मन्तव्य राख्दै जनपक्षिय पत्रकारीताका माध्यमबाट सामाजिक व्यवस्था रुपान्तरणको प्रकृयामा महत्वपूर्ण भूमिका खेल्न सकिने विश्वास व्यक्त गरेका थिए । त्यस्तै माओवादी केन्द्रको प्रदेश तीनका अध्यक्ष पाशाङ मोक्तानले प्रेस सेनटर नेपालमा जनताको पक्षमा कलम चलाउने जुझारु नेतृत्व चयनहोस भन्दै शुभकामना दिएका थिए ।

त्यस्तै पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सहभागि पत्रकारहरुलाई पत्रकारको हक, हित र अधिकारको पक्षमा प्रशिक्षित गरेका थिए । पत्रकार जन्मदेवले राज्यको पत्रकारको अधिकार विरोधी नीति निर्णयको विरोध गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सबै जनपक्षीय पत्रकारहरु एक भएर संघर्षमा जानुपर्ने बताएका थिए । उनले पत्रकार महासंघले पछिल्लो चरणमा राज्यले ल्यएको काउन्सिल विधेयकको विरोधमा कार्यक्रम गरेको भएपनि अहिले सम्म त्यसका लागि संघर्षको जरुरी भएको तर्क गरे ।

उनले महासंघमा त्यो विषयमा आफुले पटक पटक कुराहरु उठाउँदै आएको समेत बताए , त्यसैगरी कार्यक्रममा पत्रकार तथा साझा मिडियका सन्चालक अनिल अधिकारीले पत्रकारिता क्षेत्रका चुनौति, सम्भावना र समस्याबारे, पत्रकार दिपक शर्माले पत्रकारिता क्षेत्रको अवस्था र भूमिकाबारे, वेभ डिजाइनर तथा पत्रकार विशाल अधिकारीले पत्रकाररितामा डिजिटल प्रविधिबारे विषयमा सहभागिहरुलाई प्रशिक्षित गरेका थिए ।

संगठनका अध्यक्ष जैसीले पत्रकार समाजको आँखा भएकाले समाजलाई सही दिशा देखाउका लागि जनपत्रकारको कमल चल्नुपर्ने बताए । उनले राज्यले पछिल्लो चरणमा ल्याएका विभिन्न विधेयक, ऐन, कानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच पुर्याएको भन्दै त्यसका विरुद्ध संगठीत संघर्षको आवश्यकता रहेको बताए । कार्यक्रम मध्यवानेश्व स्थित रत्नराज्य स्कुलको पुस्तकालयको हलमा भएको थियो ।

कार्यक्रममा ठूलो संख्यामा विभिन्न सञ्चारमाध्यमहरुमा काम गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो । भेलापछि नव निर्वाचित कमिटिको पहिलो बैठक बसेको र त्यसले पत्रकारहरुको हक, हित र अधिकारको पक्षमा संगठित संघर्ष गर्ने निर्णय गरेको बताइएको छ । बैठकले गरेको निर्णहरुबारे संगठनका प्रदेश अध्यक्ष सुमन बाङ्देल र सचिव अरुणा मानन्धरले संयुक्त विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेका छन् । विज्ञप्तिको पूर्णपाट यस्तो रहेको छ ।
                प्रेस विज्ञप्ती
हाम्रो महान तथा गौरवशाली संगठन ‘प्रेस सेन्टर नेपाल प्रदेश नम्बर तीन’ को आयोजनामा काठमाडौंको वानेश्वर स्थित रत्नराज्य स्कुलमा ‘पत्रकारिता तालिम तथा प्रदेश भेला’ कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । सुमन वाङ्देलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष तथा पत्रकार संगठनका फ्याक्सन इन्चार्ज रंगनाथ ढकालको प्रमुख आतिथ्यता तथा संगठनका केन्द्रीय अध्यक्ष लोकराज जैसीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ, लगायत विभिन्न पत्रकार सम्बद्ध संघ संगठनहरुका प्रतिनिधिहरुको समेत आथित्यता रहेको थियो । कार्यक्रममा पत्रकार अनिल अधिकारी, जन्मदेव जैसी, विशाल अधिकारी, लोकराज जैसी लगायत पार्टीका नेताहरुले सहभागिलाई प्रशिक्षित गर्नुभएको थियो ।
पत्रकार तालिमपछि बन्दशत्र शुरु भएको थियो । बन्दशत्रमा विविध विषयहरुमाथि छलफल गर्दै संगठनका केन्द्रीय अध्यक्ष लोकराज जैसीले गरेको २५ सदस्यीय कमिटिको प्रस्ताव सर्व सम्मतले पारित भयो । भेला लगत्तै बसेको नव निर्वाचित कमिटिको पहिलो बैठकले पछिल्लो चरणमा राज्यले ल्याएको प्रेस तथा अभिव्क्ति स्वतन्त्रतामाथि आँच पुर्याउने खालका विधेयक, ऐन, कानुनहरु फिर्ता गराउनका लागि संगठनले संघर्ष गर्ने, जनपक्षिय पत्रकारहरुको बिचमा एकता, संघ संगठनहरुको बिचमा कार्यगत एकतामा ध्यान दिदैं राज्यले जनपत्रकारहरुमाथि गरिरहको गिरफ्तारी, फैलाएको त्राश लगाएतका विषयमा सशक्त विरोध गर्ने, पत्रकारहरुको हक, हित र अधिकारको विषयमा आवाज उठाउने निर्णय गरेको छ । त्यसैगरी बैठकले प्रदेश भित्रका सबै जिल्लाहरुमा पत्रकार तालिम तथा जिल्ला भेलाहरु सम्पन्न गर्ने, अन्य आवश्यक विषय र घटना क्रममा संगठनको धारणा सार्वजनिक गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकको अत्यमा संगठनका अध्यक्ष जैसीले संगठनको विधि, पद्दती र विधानमा रहेर संगठनको काम गर्न तथा पेशशागत मर्यादा राख्दै आआफ्नो मिडियमामा आधारभूत जनताको समस्या, राष्ट्रघात, जनघात लगायतका विषयमा कलम चलाउन निर्देशन भयो ।
भेलाबाट अध्यक्षमा सुमन वाङ्देल, सचिवमा अरुणा महर्जन, सदस्यहरुमा शर्मिला तामाङ, शान्ति नाछिरिङ, सुनिल बानियाँ, सुनिल कुँवर, सरिता गुरुङ, सुदिप जेरुङ, इन्द्र कुमार राई, अर्जुन बिष्ट, बिष्णु विश्वकर्मा, विशाल अधिकारी, गोविन्दराज नाथ, सुवास बिष्ट, धौलाधन राई कान्छा लगायत २५ सदस्यीय कमिटी निर्वाचित भएको छ । संगठनको प्रदेश अध्यक्ष सुमनले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन सहित निरन्तर संगठनको काम, योजनामा जोडिएर सक्रिय भूमिका खेल्न अनुरोध गर्नुभयो ।

मितिः ०७६/०९/२६                                                                                                           अभिवादन सहित !

अरुणा महर्जन                                                                                                             सुमन वाङ्देल
प्रदेश सचिव                                                                                                                 प्रदेश अध्यक्ष

प्रतिक्रिया दिनुहोस्