धँवाकोटको कृषि मेलामा १६ हल गोरु जधाउने तयारी
कलाखबर संवाददाता,२४,पौष–काठमाण्डौं । नीलकण्ठ नगरपालिका धँुवाकोटमा माघे सक्रान्तिको दिन १६ हल गोरु जुधाईने भएको छ । हरेक वर्ष ठुलो महोत्वको रुपमा मनाउदै आएको यो मेलामा कृषि प्रर्दशन समेत गर्ने भएको छ । धुवाकोट सांस्कृतिक संरक्षण एवम् पर्यटन प्रबद्र्धन र भगेरी युवा क्लब धुँवाकोटको सयुक्त आयोजनामा उक्त गोरु जुधाई कार्यक्रम सञ्चालन हुन लागेको हो ।
आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धन गर्ने र पर्यटन वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यका साथ माघ १ गते हुने गोरु जुधाई कार्यक्रममा धुवाकोटका किसानहरुले १६ हल गोरु प्रतिस्पर्धाको लागि दर्ता गरिसकेको धुवाकोटका स्थानीय बासिन्दा कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।
प्रतियोगितात्मक रुपमा आयोजना हुने गोरु जुधाई कार्यक्रममा प्रथम हुने गोरुधनीलाई रु ७ हजार र द्धितिय हुने गोरुधनीलाई रु ५ हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । कार्यक्रमलाई आकर्षक बनाउन विभिन्न ख्याती प्राप्त कलाकारहरुको रोचक प्रस्तुति समेत रहने भएको छ ।