Logo

मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाइने चेतावनी सहित चिकित्सा शिक्षा संघर्ष समितिको पत्रकार सम्मेलन


कलाखबर संवाददाता,२२,पौष–काठमाण्डौं । मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाउने चेतावनी सहित चिकित्सा शिक्षा संघर्ष समितिले पत्रकार सम्मेलन गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक प्रकाश चन्दले कठोर आर्थिक नाकाबन्दीको शुरुवात चितवन मेडिकल कलेजबाट गरिने चेतावनी दिएका हुन् । शुल्क फिर्ता नगरे कठोर आर्थिक नाकाबन्दी लगाउनेछौं,’ चन्दले भने, ‘विद्यार्थीसँग सबै आर्थिक कारोबार ठप्प पारिनेछ र शुरुपमा चितवन मेडिकल कलेजलाई कठोर आर्थिक नाकाबन्दी लगाइनेछ ।

आउने दिनमा सरकारले तोकेको, निर्णय गरेको, केलेज प्रशासनसँग विद्यार्थीले मागेको अत्यावश्यक मागहरु लागू नगरेमा वा पूरा नगरेमा कठोर निर्णय लिन वाध्य हुने उनको चेतावनी थियो । कलेज प्रशासनले झुठो र फर्जी षड्यन्त्रपूर्ण समायोजनका विरुद्ध कठोर नाकाबन्दीमा जाने अवस्थामा पुग्न लागेको उनको भनाई थियो । चन्दले चिकित्सा शिक्षामा चरम लुट, भ्रष्टाचार र कालोबजारी र विकृतिपूर्ण व्यापारको अवस्था अन्तट गर्न आन्दोलनको स्वरुप परिवर्तन गर्दै नयाँ उचाईमा पु¥याइने बताए ।

आन्दोलन नरोकिएको स्पष्ट पार्दै उनले भने ‘हाम्रो आन्दोलन रोकेका छैनौ यसको रुप परिवर्तन हुनेछ ।’ अब हुने आन्दोलनले माफियाको पैसा नष्ट गर्ने उनको भनाई थियो । माफियासंग लड्न सडकबाट बलिदान समेत दिन तयार रहेको उनले बताए । उनले भने ‘न्याय नपाएसम्म हामीले गरेको आन्दोलन रोकिने छैन् । नयाँ स्वरुपको आन्दोलनमा कठोर रुपमा प्रस्तुत हुने बताए । पहिलो र दास्रो वर्षका विद्यार्थीको पैसा फिर्ता नभए सम्म अब तिर्नु पर्ने पैसामा रोक लगाउने बताए ।

उनले भने,‘माफिया र माफियासंग मिलेका सम्बन्धित निकायसम्मलाई हामी नाङ्गेझार पारेरै छाड्छौं ।’ मेडिकल शिक्षा माफियामुक्त बनाउन सरकार गम्भीर नभएको उनको आरोप थियो । उनले भने,‘ सरकारले खुल्ला रुपमा भन्नुपर्यो कि हामी माफियालाई साथ दिन्छौं ।’ राज्य लगायत सम्पूर्ण सरोकारवाला लाचार रहेको उनले बताए । संघर्ष समितिकी मान्यता थापाले सरकार मेडिकल विद्यार्थीको जायज मागमा गम्भीर नरहेको आरोप लगाइन् । पाँच महिना अगाडि औपचारिक रुपमा संघर्षको शुरुवात गरेपनि सरकार यस विषयप्रति गम्भीर नरहेको बताइन् ।

उनले भनिन्,‘ मंसिर १० बाट मन्त्रीपरिषदबाट गरिएको निणर्यले पहिलो र दास्रो वर्षका विधार्थीहरुको शुल्क फिर्ता गर्ने निणर्य कार्यवान्यन भएको छैन् ।’ पहिलो र दास्रो वर्षका विद्यार्थीहरुको मात्र रकम समायोजन नगरी सम्पूर्ण पारा मेडिक्सको शुल्क समायोजन गर्न माग गरिन् । अतिरिक्त शुल्क फिर्ताको माग गर्दा लात र जुत्ता खानुपरेको उल्लेख गरिन् । मेडिकल कलेजका विद्यार्थी सुक्रान्त पौडेलले पाँच महिनादेखि जारी आन्दोलनले कुनै निष्कर्ष नआएकोले आन्दोलनको स्वरुप बदलेको बताए ।

सरकारले मेडिकल माफियाहरुलाई न्यायको कठघरामा ल्याउन नसकेको भन्दै आन्दोलनको स्वरुप बदल्न वाध्य भएको बताए । उनले भने,‘एमबिबिएस र बिडिएसलाई मात्र सरिकारले सम्वोधन गरेको उल्लेख गर्दै सरेकारवालाहरु माफियासंग टेबलमुनिबाट पैसा लिएको आरोप लगाए । उनले भने,‘सरकारलाई सबै कुरा थाहा हुँदापनि केही कदम चालेन ।

कार्यक्रममा अभिभावक महेश अधिकारीले एतिहासिक आन्दोलनले सरकारले केही गर्न नसकेको गुनासो पोखे । अभिभावकलाई अतिरिक्त शुल्कको चापमा अझै राखिएको उनको भनाई थियो । सरकारले कारबाही गर्छु भन्दा पनि केही गर्न नसकेको बताए । शुल्क फिर्ता नभएसम्म अब तिर्नुपर्ने कुनैपनि शुल्क नतिर्ने उनको भनाई थियो । आफूहरुको माग सम्बोधन गर्ने गरी वार्ता राम्रोसंग भए कलेज खुलाउन तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्