नर्स भएर बिरामीको सेवा गर्ने उद्देश्ले गाउँबाट राजधानी पढ्न आएका ३० जना बिद्यार्थीहरु कलेजले बिजोक बनाए पछि एकै साथ मिडियामा आए

m
कलाखबर संवाददाता,२२, पौष–काठमाण्डौं । नर्स पढ्ने ठूलो सपना बोकेर अति बिकट दुर्गम विभिन्न जिल्लाबाट राजधानी छिरेका ३० जना बिद्यार्थीको भविष्य चकनाचुर भएको छ । महँगो शुल्क तिरेर भर्ना भएका उनीहरुलाई न्याय दिनुको सट्टा मापदण्ड नपुगेको भन्दै अदालतले कलेज खारेज गर्दीए पछि उनीहरु अन्यायमा परेका छन् । उनीहरुलाई परिक्षा दिनबाट सीटीइभीटीले रोग लगाएको छ । अदालतको आदेशले आफू अध्ययनरत कलेज नै खारेजीमा परेपछि ३० जना नर्सिङ विषयका विद्यार्थीहरुले आत्मदाहको चेतावनी दिएका छन् ।
उनीहरुले आफूहरुको भविष्य अन्धकारमा पारिएको भन्दै देशको प्रशासनिक केन्द्र सिंहदरबार अगाडि आत्मदाह गर्ने चेतावनी दिएका हुन् । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै पीडित विद्यार्थी संघर्ष समितिले आन्दोलनको घोषणा गर्दै आत्मदाह सम्म गर्ने चेतावनी दिएको हो । ‘हामीमाथि अन्याय हुँदा पनि सुनुवाई हुँदैन भने आत्मदाह गर्न वाध्य हुनेछौं,’ पीडित विद्यार्थी संघर्ष समितिकी संयोजक अनुष्का चौलागाईंले भनिन् ।
र्दुगम गाउँबाट नर्स बन्ने सपना बोकेर आएका ३० जना ठिमीस्थित चक्रवती हबी एजुकेशन एकेडेमी कलेज अफ नर्सिङ साइन्स कलेजमा भर्ना भएकामा अदालतको आदेशले खारेजीमा परेपछि परीक्षा दिनबाट वञ्चित भएका थिए । उनीहरुले सीटीइभीटी देखि शिक्षा मन्त्रालयसम्म धाउँदा पनि परीक्षा दिन नपाएपछि दुई वर्ष नर्सिङ अध्ययन खेर गएको थियो । पत्रकार सम्मेलनमा छात्रा अनुष्का चौलागाईँले कलेजको गल्तीको सजाय आफूहरुले पाउन नहुने बताइन् ।
सरकारले आफूहरुलाई न्याय नदिए कडा कदम चाल्न वाध्य हुने उनको भनाई थियो । पीडित विद्यार्थी संघर्ष समिति चक्रवर्ती नर्सिङ कलेजकी अध्यक्ष प्रेमिका शाहीले सिटिईभिटी र कलेज विचको विवादको कारण विद्यार्थीहरुले समस्या भोग्नु परेको जानकारी दिइन् । उनले कात्तिक ४ मा सर्वोच्चले कलेज खारेजीको फैसला गरेपछि शिक्षामन्त्रालय जादाँ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उल्टै विद्यार्थीको गल्ती देखाएर गैरजिम्वेवारीपूर्ण जवाफ दिएको खुलाइन् ।
उनले भनिन्, ‘हामीलाई उल्टै गल्ती गरेको भनियो । राज्यको जिम्मेवार अधिकारीले हामीलाई थप पीडित बनाउनुभयो । २०७५ सालमा भर्ना भएका ३० जना छात्राहरुको कलेजले बिचल्लीमा पारेपछि अधिकारका लागि निरन्तर लड्दै आएको शाहीले बताइन् । २२ साउनमा सिटिइभिटीलाई अदालतले स्टे अर्डर दिएपनि २०७६ सालमा कलेज खारेज भएको बताइन् । नर्सिङका छात्राहरुले दिन लागेको परिक्षा सिटिईभिटीले रोकेको खुलाइन् ।
सिटिभिटीसंग कुरा गर्दा समस्याको समाधान गर्ने आश्वासन दिए पनि समस्या भने जस्ताको तेस्तै रहेको प्रेमिका शाहीले बताइन् । शाहीले आफहरुले हतारमा कलेजबाट सबै पैसा फिर्ता लिएपनि बितेको समय र अध्ययनमा खर्चिएको परिश्रम नफर्कने बताइन् । उनले भनिन्, ‘अब हामी अनसन, धर्ना हुँदै आत्मदाहको कदम चाल्न समेत वाध्य हुनेछौं ।’ विद्यार्थीको हक हितमा सक्रिय संगठनहरुले पनि आफूहरुलाई सहयोग नगरेको गुनासो गरिन् ।
शाहीले विद्यार्थी संगठनहरुलाई गम्भीर ढंगले समस्याको समाधान गरिदिन आग्रह गरेकी छिन् ।
पत्रकार सम्मेलनमा परीक्षा दिन नपाएर पीडामा परेका ३० जना विद्यार्थी उपस्थित थिए । उनीहरुले आँसु बगाउँदै आफूहरुलाई न्याय दिनका लागि संघर्षमा साथ दिन सबैसँग आग्रह गरेका थिए ।
प्रेस विज्ञप्ति
पीडित विद्यार्थी संघर्ष समिति
खारेज भएको चक्रवर्ती नर्सिङ कलेज
आदरणीय, पत्रकारज्यूहरु,
हामी नर्स पढ्ने ठूलो सपना बोकेर अति विकट र्दुगम गाउँहरुबाट आएका हौं । विपन्न आर्थिक अवस्था र पीडछिएको क्षेत्रका निम्न वर्गका हामीलाई अभिभावकले दुःख ज्यालो गरेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पढाउनुभएको हो । गाउँघरमा पढेर गाउँकै सेवा गर्ने लक्ष्य बोकेर नर्स विषय पढ्न आयौं ।हाम्रा लागि काठमाडौं सपनाको शहर थियो । नर्स बन्ने उद्देश्यर बोकेर तयारी कक्षामा गयौं । परिश्रमका साथ अध्ययन गरेर नर्सिङ कलेजमा अध्ययनका लागि छानियौं । जीवनमै ठूलो सफलता हासिल भएको महशुश भयो । हामीलाई सपना साकार होला जस्तो लाग्यो । सपनाको शहर काठमाडौंमा आइपुग्यौं । हामी सिटीइभीटी सानोठिमी भक्तपुर नजिकैको कलेज चक्रवती हबी एजुकेशन एकेडेमी कलेज अफ नर्सिङ साइन्समा अध्ययन गर्ने अवसर पायौं ।
उक्त कलेजबाट धेरै विद्यार्थी नर्स बनिसकेका थिए । हामी ढुक्क साथले भर्ना गर्न पुग्यौं । चर्कौ शुल्क तिरेरै भएपनि भर्ना हुँदा खुशीको सीमा थिएन । हामी विकट जिल्लाका गाउँहरुबाट आएका ३० जना एक आपसमा परिचित भयौं । दुःख ज्यालो गरेर अभिभावकले हामीलाई नर्स बनाउन पठाउनुभएको थियो । उहाँहरुको दुःख र मिहेनतको कमाई सम्झेर अध्ययनमा लाग्यौं । पसिनाको कमाई मीठो हुन्छ भन्ने सुनेका थियौं । हाम्रा मातापिता तथा अभिभावकले पसिनाको कमाई पठाइदिनुभयो । हामीले त्यही सम्झेर मिहेनतमा कुनै कमी नगरी अध्ययनमा एकाग्र भयौं । हामी पढ्दै गयौं । परीक्षा पनि आयो ।
तर, पहिलो वर्षको परीक्षाबाट वञ्चित भयौं । बुझ्दै जाँदा एक वर्ष अगाडि नै कलेज मापदण्ड नपुगेर खारेज भएको रहेछ । अदालतबाट स्टे अर्डर ल्याएर विद्यार्थी भर्ना गरेको रहेछ । त्यो सुन्दा छाँगाबाट खसेजस्तै भयौं । हामीलाई जीवनमै सबैभन्दा ठूलो पीडा अनुभूती भयो । कलेजले हामीलाई धोका दिएको रहेछ । सीटीइभीटी पुग्यौं, प्रशासन देखि जिम्मेवार निकायमा पुग्यौं । अदालतको फैसला कुर्न भनियो । हामी गाउँबाट आएका चेलीहरुले अदालत भनेको देखेका पनि थिएनौं । अदालती प्रक्रियाबाट थाहा हुने कुरै थिएन । जीवनमा कहिले नभोगिएको पीडा र धक्का कलिलो किशोरावस्थामा भोग्नुप¥यो ।
आखिर हामीले के गल्ती गरेका थियौं रु हाम्रो के अपराध थियो रु विकट गाउँबाट आएर काठमाडौं पढ्न आउनु हाम्रो अपराध थियो रु यति थियो भने हामीलाई कारबाही गरियोस् तर, अध्ययनको अधिकारबाट वञ्चित नपारियोस् । हामीले सुनेका छौं कि जेलमा बसेका कैदीबन्दीले पनि पढ्न लेख्न पाउँछन् । परिक्षा दिन पाउँछन् । तर, हामी कुनै अपराध नगरेका निर्दोष चेलीहरुको जीवन बर्बाद गर्न खोजियो । हाम्रो के दोष थियो ?
अहिले हामी अधिकारका लागि दिनरात जिम्मेवार निकायहरुमा कुदिरहेका छौं । हाम्रो कुनै सुनुवाई भएको छैन । एक वर्ष त्यसै बित्यो । दोस्रो वर्षको परीक्षा आउँदैछ । त्यसबाट पनि हामीलाई वञ्चित पारिंदैछ । अब हामी कहाँ जाने रु के गर्ने रु नेपाल सरकारले यसको जवाफ दिनुपर्छ । के हामी जस्ता कलिला विद्यार्थीहरुको जीवन बर्बाद भएको हेरिरहने हो रु यति हो भने हामी कडा कदम चाल्न वाध्य हुनेछौं । हाम्रो ज्युँदै हत्या गर्न खोजिएको छ। हाम्रो आत्मामाथि ठेस पुग्ने काम राज्यको निकायबाट भएको छ । राज्यको दायित्व आफ्नो जनशक्तिको जर्गेना गर्दै युवाहरुको भविष्य उज्यालो बनाउने हो ।
तर, सरकार देखि हामीलाई भर्ना लिने कलेजले समेत जीवन अध्यारो बनाइदिएको छ । हामो आवाज नेपाल सरकार अन्र्तगतको शिक्षा मन्त्रालय, सीटीइभीटी देखि कसैले सुनेको छैन । हामी अन्यायविरुद्ध आवाज बोकेर तपाईंहरुको अगाडि प्रस्तुत भएका छौं । हामीलाई न्याय चाहिएको छ । न्यायको लागि आइरहँदा हाम्रो भविष्यमाथि खेलवाड गर्नेहरुमाथि कडा भन्दा कडा कारबाही होस् । साथै हामीलाई पनि न्याय दिइयोस् । हामीले दुई वर्ष अध्ययनमा समय खर्चिइसकेका छौं ।
समय र पैसा खर्च भइसकेको छ । पैसा त फिर्ता आयो तर समय आउँदैन । त्यसैले हामीलाई परीक्षा दिने वातावरण मिलाइयोस् । यसका लागि यहाँहरुले सम्बन्धित निकायसम्म हाम्रो आवाजलाई पु¥याइदिनुहोस् । हाम्रो आवाजको सुनुवाई हुँदैन भने हामी आन्दोलनमा जान वाध्य हुनेछौं । दुर्गम गाउँबाट नर्स पढ्न आएका हामीमाथि अन्याय हुँदा पनि सुनुवाई हुँदैन भने हामी सिंहदरबार अगाडि नै आत्मदाह गर्न वाध्य हुनेछौं । हामीसँग अब यसबाहेक कुनै विकल्प बाँकी छैन ।
संयोजक
अनुष्का चौलागाईं
२२ पौष २०७६
९८४९२३७७५०