Logo

उज्यालो अभियानकर्ता कुलमान घिसिङद्वारा आँखा दान गर्ने घोषणा,सम्मान स्वरुप सबैले एक शेयर गरौं


कलाखबर संवाददाता,१२,पौष–काठमाण्डौं । देशलाई उज्यालो बनाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले संसार छोड्ने वित्तिकै फेरि कसैको जिन्दगीलाई उज्यालो दिन आँखा दान गर्ने घोषणा गरेका छन् । प्रमुख अतिथिको रहेका घिसिङले कार्यक्रममा बोल्दै प्रकाशको उज्यालो हेर्न आँखा चाहीने बताएका हुन् । पूण्य मुलक यस्ता कार्यक्रममा सहभागी हुन पाएको घिसिङले खुशी समेत व्यक्त गरेका थिए ।

नेपाल आँखा कार्यक्रम अन्तर्गत नेपाल आँखा बैंकले हरेक वर्ष मरणोपरान्त आँखाको नानी दान गरि अमरत्व प्राप्त गर्ने व्यक्तिहरुको सम्झना र सम्मानमा तिनका परिवारहरुको उपस्थितिमा सामुहिक श्रद्धाञ्जलि–सभा आयोजना गर्दै आएको सो प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा।डा। सन्दुक रुइतले २५ वर्षअगाडि १ जनाले दान गरेर शुरु गरिएको आँखा दानमा अहिले हजारौ भन्दा बढीले दान गरिसकेको बताए।

आँखादान भन्ने बित्तिकै आँखाको डल्लो झिक्ने होइन, बाहिरको नानी मात्र झिक्ने हो, यसमा धार्मिक, सांस्कृतिक रुपमा अफ्ठेरो केही पनि नहुने रुइतले बताए । कार्यक्रममा आँखादाताका आफन्तजन, आँखाको नानी प्राप्त गर्ने व्यक्तिहरु, विभिन्न अस्पतालका निर्देशक, कर्मचारी र घाट सेवाकेन्द्र पशुपति लगायत सम्बन्धित संघसंस्थाहरुबाट गरि १००० भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्