काँग्रेस भित्रको किचलो कायमै,देउवाले नियम र विधान मिचेको भन्दै पौडेल पक्षको पत्रकार सम्मेलन
कलाखबर संवाददाता,१२,पौष–काठमाण्डौं । नेपाली काँग्रेस भित्रको किचलो झन चर्कदै गएको छ । देउवाले महाधिवेशन कार्यतालिका र विधान मिचेर एकलौटी निर्णय गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पक्षले शनिबार प्रत्रकार सम्मेलन गरेको छ । प्रत्रकार सम्मेलनमा रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशन कार्यतालिका र विधान मिचेर गरिएको विभाग गठन निर्णय नमान्ने चेतावनी दिएको छ । उक्त समूहले हिजोको केन्द्रिय कार्यसमितिले गरेको निर्णय सच्याउनुपर्ने माग समेत गरेका छन् ।
शनिबार महाराजगञ्जस्थित् महामन्त्री शशांक कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ नेता पौडेलले यस्तो चेतावनी दिएका हुन् । उनले सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पार्ने निर्णय गराएको गम्भिर आरोप पनि लगाए । ‘पार्टीलाई धरापमा पारियो, हामीसँग जति भए पनि समय थियो । मंसिर ४ र ५ गतेतिर महाधिवेशन गराउनुपर्छ भन्ने हाम्रो माग थियो। तर ०७७ को पल्लाछेउमा लगेर महाधिवेशनको मिति तोकियो। यो नै डरलाग्दो कुरा हो । हामी यसको घोर भर्सना गर्दछौं पौडेलले भन्नु भयो ।
कार्यक्रममा नेता पौडेल लगत्तै बोलेका महामन्त्री डा। शशांक कोइरालाले पनि सभापति देउवाको निर्णय ठीक नभएको टिप्पणी गरे । पर्टीको विधान विपरीत एक्लौटी निर्णय गरेर देउवा अगाडी बढ्न खोजेको आरोप लगाउदै उनले पार्टी एकताबद्ध भएर चलेमात्र कांग्रेसलाई जनताले मुलुक संचालनका लागि पालो दिने तर्क गरे । उनले भने,‘यदि गुट र उपगुट बनाउने हो भने जनताले जनताले नेपाली काँग्रेसलाई नपत्याउँने पनि महामन्त्री कोइराले बताए ।
उनले छलफल भैरहेको बेलामा पार्टी सभापति शेरबहादुर देउवाले हतारमा एक्कासी निर्णय गरेको भन्दै कडा आपत्ति जनाए । कोइरालाले सभापतिको निर्णयले कांग्रेसको अस्तित्व खतरामा पार्ने किसिमको भएको पनि टिप्पणी गरे । त्यस्तै, नेता प्रकाशमान सिंहले अन्तिम समयमा म्याद थपौँ भन्ने कुरा ठिक नभएको भन्दै देउवाको कदमको विरोध गरेका थिए । उनले कार्यसमितिले गरेको निर्णय लोकतान्त्रिक पार्टीभित्रको अलोकतान्त्रिक कदम भएको संज्ञा दिए । पछिल्लो समय देउवाको चर्को रुपमा विरोध हुन थालेको छ ।