Logo

चाईना कम्पनीद्वारा महावीर पुनलाई सहयोग गर्ने प्रतिद्धता


कलाखबर संवाददाता,१२,पौष–काठमाण्डौं । महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रलाई चाईना कम्पनीले सहयोग गर्ने भएको छ । नेपाल सरकारसँग सहयोग माग्दा सकारले सहयोग नगरे पछि विभिन्न संघसंस्था पुनको सहयोग कार्यमा जुटेका थिए । पुनको राष्ट्रिय अनुसन्धान केन्द्रले पेट्रोलरडिजेलबाट चल्ने पुराना गाडी विस्थापित गर्दै विद्युतीय गाडी परिवर्तन गर्न केही समयदेखि प्रयास गरिरहेको छ।

२० वर्ष पुराना पेट्रोलियम पदार्थबाट चल्ने इञ्जिन भएका सवारी साधनमा विद्युतबाट चल्ने इञ्जिन राख्ने उनको योजनाअनुसार कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा हिजोआज काम भइरहेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी विस्थापनका लागि गरिएको प्रयास सुरूकै चरणमा रहेको पुनले बताए।

आविष्कार केन्द्रबाट विद्युतीय मोटर र ब्याट्री अहिले नै उत्पादन गर्न नसकिने भएकोले चिनियाँ विद्युतीय गाडी उत्पादन कम्पनीलाई आग्रह गरेको पुनले जानकारी दिए। सिचुवान गुवान अटोमोबाइल्सका सिइओ च्याङलिङ लो कीर्तिपुरमा रहेको आविष्कार केन्द्र हेर्न बुधबार पुगेका थिए । लोसँगको भेटमा पुनले आफूहरूलाई विद्युतीय मोटर र ब्याट्री सस्तोमा उपलब्ध गराउन सक्ने भए खरिद गर्ने बताएका थिए ।

अहिले नै हामी विद्युतीय मोटर र ब्याट्री उत्पादन गर्न सक्दैनौं । उहाँ ९सिइओ च्याङलिङ लो० बिजुली गाडी बनाउने कम्पनीको साहुजी भएकोले सस्तोमा मोटर र ब्याट्री सप्लाइ गर्न सक्ने भए हामी किन्छौं भनेको हुँ,’ पुनले भने, ‘उहाँले यस्तो मोटर र ब्याट्री हामी बनाउँछौं, चाहिने भए सप्लाइ गर्न सक्छु। मद्दत गर्न पनि तयार छु भन्नुभएको छ।

सस्तोमा गुणस्तरीय सामान उत्पादन गर्न सक्ने भए चिनियाँ सामान खरिद गर्ने पुनले बताए । सिइओ च्यङलिङले आविष्कार केन्द्रमा निर्माण गरिराखेका अन्य आविष्कार पनि अवलोकन गरेका थिए । केन्द्रले सेल रोटी बनाउने, गुन्द्रुक बनाउने, औषधि ढुवानी गर्न मिल्ने ड्रोन, बच्चालाई तातोमा राख्न सकिने मेसीन पनि आविष्कार गरिसकेको छ। पुनका अनुसार कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा विभिन्न २२ नयाँ आविष्कार गरिराखिएको बताए।

अहिले केन्द्रमा ५० जनाभन्दा बढी युवाहरू नयाँ आविष्कार तथा खोज, अनुसन्धानमा लागिपरेका छन् । दिनहुँजसो नयाँ(नयाँ खोज र आविष्कार गर्नुपर्यो भन्ने आइडिया आउँछ,’ पुनले भने, ‘धेरै विषयमा नयाँ अध्ययन भइराखेको छ। केन्द्रलाई सरकारी सहयोग भने न्यून छ। पुनका अनुसार केन्द्रलाई अहिले दुई करोड रूपैयाँ चाहिएको छ ।

विभिन्न चिज उत्पादन गर्न कारखाना बनाउनुपर्नेछ,’ उनले भने, ‘कारखाना बनाउन पाँच करोड रूपैयाँजति लाग्छ। हामीसँग पनि अलिकति पैसा छ त्यही भएर दुई करोडजति आवश्यक छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्