Logo

मिस पूर्वाञ्चल २०१९ को ताज रिजु भट्टराईले चुमिन,फस्ट रनर अपको उपाधी हात पार्न एन्जल राई सफल तस्बिर सहित


कलाखबर संवाददाता धरान,८– पौष । मिस पुर्वाञ्चल २०१९ को ताज रिजु भट्टराईले चुमेकी छन् । शनिबार धरान सभागृहमा सम्पन्न नेपाल आइस मिस पूर्वाञ्चलको १० औँ संस्करणको ताज १९ जना प्रतिस्प्रधीहरुलाई पछि पार्दे भट्टराईले ताज पहिरिएकी हुन् । मोरङ पथरी शनिस्चरेका रिजुले ताजसँगै नगत रु दुइ लाख,हङकङटुर अवसर पाएकी छन् । यसैगरी उनलाई पर्यटकीय स्थल भेडेटारको नया भेडेटार पर्यटन सद्भावना दुत घोषणा गरिएको थियो ।

उनले वाईवाई मिस पर्सनालिटीको सब–टाइटल समेत जितिन् । उनी मिस पथरी शनिस्चरे २०१९ कि बिजेता समेत हुन् । उनी टप १२ हुदै टप ५ मा पुगेपछि मुख्य निर्णायक वरिष्ठ गायक दीप श्रेष्ठको नेपाल भ्रमण बर्ष २०२० सफल हामीले बनाउन गर्नुपर्ने महत्वपूर्ण पक्ष के हो रु भनेर प्रश्न सोधिएको थियो ।भट्टराईले सो प्रश्नको गतिलो जवाफ दिएकी छन् । सो प्रतियोगितामा फस्ट रनर अपको उपाधी एञ्जल राईले चुमेकी हुन् ।

राईले एक लाख रुपैयाँ नगद सहित नेपालआईस मिस मल्टिमिडिया र डिभाइन मिस फोटोजेनिकको सब टाइटल समेत जितेकी हुन् । उनलाई २०१८ कि फस्र्ट रनर अप अनिला क्षेत्रीले ताज लगाईदिएकी थिईन् । उनी मिस राई २०१८ समेत हुन् । यसैगरी सेकेन्ड रनर अप धरानकी सिम्रन लिम्बु घोषणा भईन् । उनलाई युएन नवोदय कलेजका बि।एच।एम संयोजक गगन श्रेष्ठले नगद पचास हजारको चेक हस्तान्तरण गरेका थिए । २०१८ कि तपस्या रनापहेलीले ताज लगाई दिएकी थिइन् ।

उनी सब्सरा मिस इन्टलेक्चुअलको सब टाइटल समेत जित्न सफल भईन । त्यस्तै धनकुटाकी रेश्मा राईले बराह मिस पब्लिक चोइस र फेस अफ डिभाइनको सब टाइटल समेत जितिन् । पेप्सी मिस ट्यालेन्टको उपाधि धरानकी अनुपम बस्नेतले, गोर्खा डिपार्टमेन्ट मिस बेस्ट कम्प्लेसनको उपाधि इटहराकि बिपना तामाङ, मिलान्ज बेस्ट वाकको उपाधि सुष्मिता बराईली र मिस फ्रेन्डशिप धरानकी स्वेता पोख्रेलले जित्न सफल भईन् । सम्पूर्ण टाइटल बिजेताले १५ हजार पुरस्कार पाएका थिए । सो कार्यक्रमलाई सिल्भर इन्टरटेनमेन्टले आयोजना गरेका हुन् ।

                                                                 तस्बिर कलाखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्