एक साताको शिशु सहित बन्धक बनाएका हजुर आमाको बिषयमा समाचार संकलन गर्न गएका एभिन्यूजकर्मी विरेन्द्र माथी दुब्र्यवहार

कलाखबर संवददाता,७,पौष– विराटनगर । एक साताको शिशु सहित बन्धक बनाएका हजुर आमाको बिषयमा समाचार संकलन गर्न गएका एभिन्यूजकर्मी विरेन्द्र साह र उनका सहयोगी क्यामेरा पर्सन मैन ग्लैक्स कट्टेल माथी दुब्र्यवहार भएको छ । विराटनर स्थित मैक्स इन्टरनेशनल हस्पिटलका कर्मचारीले एभिन्यूज टेलिभिजनका सञ्चारकर्मी माथी दुव्र्यवहार गरेको हो । विराटनगरको मैक्स इन्टरनेशनल हस्पिटलमा एक साता अगाडी मोरङ्ग सनवर्षी–६ का अनन्तलाल ऋषीेदेवको नवजात शिशुलाई थप उपचारको लागि भर्ना गरेको थियो ।
शिशुको स्वास्थ्य अवस्था समान्य भए पनि पैसाको कारण शिशु सहित कुरूवा बसेको हजुरआमा निरसि देवी ऋषीदेवलाई समेत अस्पताल प्रशासणले बन्धक बनाएर राखेको राखेका थिए । पत्रकार साहले विरामीको विषयमा रिसेप्सनमा गई जानकारी लिएका थिए । अस्पतालकै कर्मचारीले हजुरआमा निरसि देवी लाई बोलाइ परिचय गराएका थिए । वहाँ संग वास्तविकता बुझन खोज्दा अस्पतालले पैसा बुझाएर मात्र जान दिने भनेको विषयमा बोल्दा क्यामेरा खोसाएर हातपात समेत गरेको छ ।
शिशु सहित हजुर आमा पनि बन्धक भएको समाचार संकनमा गएका पत्रकार विरेन्द्र कुमार साह र उन्का सहयोगी गैलेक्स कट्टेलसंग कैमरा खोसेर खिचिएको सम्पूर्ण भिडियो डिलिटगरि अस्पतालका केहि कर्मचारीले हातपात गरेको छ । साथै करिब डेढ घण्टा सम्म अस्पतालको कार्यालयमा जबरजस्ती संचारकर्मीलाई पनि राखिएको थियो । मंसिर २९ गते नवजात शिश’ छोरालाई जन्मदिई आमा करिश्मा देवी ऋषीदेवको मृत्य’ भएको थियो । जन्मिन’ साथ टुहुरो भएका शिशुको थप उपचार गराउन मैक्स अस्पतालमा भर्ना गरेको थियो ।
बुवाआफ्नै श्रीमतिको किरिया बसेको, हजुरबुवा गाउँमै विरामी भएको र हजुरआमा अस्पतालमा बन्धक भएको छ । खान लगाउन समेत धौ धौ परेका ऋषीदेव परिवारले अस्पातालको करिब ,एक लाखको विल कहाँबाट तिर्ने रु र बच्चाको लालन पालन कसरी गर्ने रु समेत विच्चली परेको छ । अस्पतालका प्रबन्ध निर्देशक हेमनारायण महतोले उपचार,अक्सिजन र औषधी सहितको खर्चहरु तिर्नै बताएका छन् ।
समाज सेवीहरुको रोहवरमा छलफल गरी अस्पताल व्यवस्थापन समितिले केहि प्रतिशत छूट हुन सक्ने बताएका छन् । बुवाआफ्नै श्रीमतिको किरिया बसेको, हजुरबुवा गाउँमै विरामी भएको र हजुरआमा अस्पतालमा बन्धक भएको छ ।