Logo

रानीपोखरीको निर्माण कार्य धमाधम हुदै,(फोटो फिचर सहित)



कलाखबर संवाददाता,७,पौष–काठमाण्डौं । रानीपोखरीको निर्माण कार्यले तीव्रता पाएको छ । २०७२ सालको विनाशकारी भुकम्पले भत्काईएको मन्दिर र पोखरीलाई धमाधम निमार्ण गरी रहेको छ । करिब दुई बर्ष अगाडी नै थालिएको निर्माण कार्यलाई पुरातत्व विभागले विरोध गरेपछि रोकिएको थियो ।

प्राचीन ईतिहास बोकेको यो मन्दिरमा हरेक बर्ष भाईटीकाको दिन दिदीबहिनी नहुनेहरुले पराईको दिदीबहिनीहरुको हातबाट टिका थाप्ने गर्छन् । बर्षको एक पटक मात्र खोलिने यो मन्दिर भुकम्पले छेदविछेद बनाए पछि जिर्ण अवस्थामा पुगेका थिए ।

अहिले पोखरीको बीच भागमा धमाधम ईटा छाप्ने काम भई रहेको छ । मन्दिरमा जाने बीच बाटोको पर्खाल ठढाँइ सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्