Logo

नेपालको पहिलो दरवार हाईस्कुल तोकिएको समय भन्दा अगाडी नै चाइनाले सकाइयो (फोटो फिचर सहित )

कलाखबर संवददाता,७,पौष–काठमाण्डौं । नेपालको ऐतिहासिक रुपमा चिनिने पुरानो दरवार हाई स्कुल भानु भाध्यमिक विद्यलय चाईनाले तोकिएको समय सीमा भन्दा अगाडै नै सकाएको छ । २०७२ सालको भुकम्पले छेदविछेद बनाएको सो विद्यालयलाई चाईनाको एउटा कम्पनी साङ्घाई कन्स्ट्रक्सनले निर्माण कार्यको ठेक्का लिएका थिए । कम्पनीले करिब ११ महिनामा नै काम सकाउन लागएिको हो । अब बाँकी काम लकभक ५ प्रशित मात्र रहेको निर्माण समितिले जनाएको छ ।

विनाशकारी भुकम्पले संरचना नै पूर्णरुपमा ध्वस्त बनाएको विद्यालयलाई आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भइरहेको यस विद्यालय पहिले जस्तै देखिएको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यो स्कुललाई कम्पनीले यही पुस महिनाभित्र नै सक्नेगरी निर्माणको काम भइरहेको जनाएको छ । तोकिएको समयमै सक्ने गरी चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरिरहेका छन् । निर्माणको कामअन्तर्गत अहिले ढोका राख्ने, रङ लगाउने, आँगनको छेउमा पर्खाल लगाउने काम धमाधम भइरहेको छ ।

८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण भई हरेको यो विद्यालको भवन चार तले र ४० वटा कक्षा कोठा रहेको छ । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम अघि बढिरहेको बताए । “आगामी माघ महिनामा सरकारलाई हस्तान्तरण हुन्छ,” केसीले भने । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको उक्त हाई स्कूलको पुनःनिर्माणको शिलान्यास गत साउन १८ गते भएको थियो ।

विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पढ्न पाउने व्यवस्था भएको थियो । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालय मार्फत सञ्चालन हुँदै आएको छ । शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो ।

पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेको संस्कृत माविका प्राध्यापक बद्री दाहाल बताउँछन् । भूकम्पअघि उक्त भवनमा भानु मावि र संस्कृत मावि दुवै सञ्चालित थियो । हाल ती दुवै विद्यालयमा गरी ३०० मात्र विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कार्यरत छन् । ती विद्यार्थीलाई अहिले वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ ।

लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै यस विद्यालयको पुनःनिर्माणको काम शुरु भएको हो । पछिल्लो सयम सरकारले स्थानीय तहलाई जिम्मा दिने गरी दरबन्दी मिलान, विद्यार्थी र शिक्षक सङ्ख्याको आधारमा एक आपसमा विद्यालय गाभ्ने विषयलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको छ । शिक्षकको सङ्ख्याका आधारमा विद्यार्थी अनुपात यस विद्यालयमा पनि कम छ ।

एउटा मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रको प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी मान्यता छ । चिनियाँ सरकारसँग भूकम्पका कारण अतिप्रभावित १४ जिल्लाका एक–एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति भएको थियो । भूकम्पका कारण सात हजार ५०० विद्यालयमा क्षति पुगेको र हालसम्म तीन हजार ६०० विद्यालय भवन निर्माण भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्