नेपाल अपराध अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरु बीचको साँझेदारीमा दोस्रो राष्ट्रिय सम्मेलन
कलाखबर संवाददाता,४,पौष–काठमाण्डौं । नेपाल अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरु बीचको साँझेदारीमा दोस्रो राष्ट्रिय सम्मेलन उदघाटन गरिएको छ । राजधानी काठमाण्डौंमा आयोजित सो कार्यक्रमलाई प्रधान न्यायधिस तथा प्रमुख अतिथि समेत रहेका चोलेन्द्र सम्शेर जमराले उदघाटन गरेका हुन् । कार्यक्रममा महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल, गुहमन्त्री राम बहादुर थापा,बार एशोसियशनका अध्यक्ष चन्द्र शेर श्रेष्ठ,प्रहरी संगठन प्रमुख आई जिपि सर्वेन्द्र खनाल तथा सरकारी न्यायधी भक्ताहरुको बाग्लो उपस्थिति रहेका थिए ।
कार्यक्रममा बोल्दै स्वतन्त्रता, निष्पक्षता, जवाफदेहिता र अन्तराष्ट्रिय मापण्डको न्यायप्रणाली बनाउनुपर्ने प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले बताएका छन् । फौजदारी संहिता कार्यन्वयनमा आएको एक वर्ष भइसकेको अवस्थामा अझैपनि प्रहरी र वकीलहरूमा केही मतभिन्नता देखिएकाले त्यसलाई निराकरण गर्न यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने जबराले बताए ।
अनुसन्धानकर्ता नेपाल प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूबीचमा प्रतिस्पर्धाको भावना भन्दा पनि एक अर्काबीचमा विश्वास गरेर आगाडि बढ्नु पर्ने महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले बताए । प्रहरी र वकीलहरूमा केहि मतभिन्नताहरू उत्पन्न भएको अवस्थामा त्यसलाई वैज्ञानिक, व्यावहारिक र नीतिगत रूपमा कार्यगत एकता हुनुपर्ने महान्यायाधिवक्ता खरेलले बताएका हुन् ।
महान्यायाधिवक्ता कार्यालयको दोस्रो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार अनुसन्धानकर्ता र अभियोजनकर्ताबीच समन्वय र सहकार्यमा प्रहरी प्रधान कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले संयुक्तरूपमा सम्मेलन आयोजना गरेका हुन् । कार्यक्रममा स्वागत मन्तव्य दिदै प्रहरी प्रमुख आई जिपि सर्वेन्द्र अनालले विभिन्न प्रकृतिका अपराधलाई अनुसन्धान गरी चुस्त र दुरुष्ट बनाउन यो दोस्रो सम्मेलनले महत्वपूर्ण भुमिका निभाउने विश्वास रहेको बताउनु भयो ।
देशमा शान्ति सुरक्षा कायम गर्न तथा अपराधलाई नियन्त्रण गर्न नेपाल प्रहरी संघठन लागि परेको पनि खनालले बताउनु भयो । पुष १४ गतेदेखि १६ गतेसम्म ३ दिनसम्म काठमाडौंमा हुनेछ । सम्मेलनमा नयाँ आएको मुलुकी अपराध संहिता, फौजदारी कानून र अन्य कार्यविधि कानूनको कार्यान्वयनमा प्रभावकारिता मूल्यांकन गरी अनुसन्धान र अभियोजनको क्षेत्रमा सुधारका लागि साझा धारणा तय गर्दै समाप्त हुनेछ ।
नेपाल प्रहरीका तर्फबाट अनुसन्धानकर्ता प्रहरी अधिकृत ३२० जना, अभियोजनकर्ता सरकारी वकील २७० जना र पर्यवेक्षक ३५ जना गरी ६२५ जना सम्मेलनमा सहभागी हुनेछन् ।
सम्मेलनमा मुलुकी अपराध संहिताको कार्यान्वयनको अवस्था र सुधारका क्षेत्र, मुलुकी फौजदारी कार्यविधि संहिताको कार्यान्वयनको अवस्था र सुधारका क्षेत्र, अपराध अनुसन्धान तथा नियन्त्रण कार्ययोजना कार्यान्वयनको अवस्था र सुधारका प्राथमिकता लगायत १२ वटा विषयमा छलफल हुने छन् । सम्मेलनको नारा ‘व्यावसायिक चरित्र, पारदर्शी व्यवहार, निष्पक्ष अनुसन्धान र अभियोजन, न्यायको आधार’ गरहेको छ ।