Logo

बढ्को सडक दुर्घटना कसरी कम गर्ने भन्ने बिषयमा बुधबार पत्रकार साक्षातकार कार्यक्रम सम्पन्न


कलाखबर संवाददाता,३,मंसिर–काठमाण्डौं । बुधबार सडक दुर्घटना न्यूनीकरण गर्ने बिषयमा सम्वन्धित सरोकारवालाहरुसँग पत्रकार साक्षातकार कार्यक्रम गरिएको छ । रिर्पोटस क्लवमा आयोजित कार्यक्रम महानगरीय ट्राफिक प्रहरी शाखाका प्रमुख एसएसपी भीम ढकाल,यातायात व्यावसायी संघका महासचिव सरोज सिटौंला,सडक विभागका महानिर्देशक केशव कुमार शर्मा उपस्थित रहेका थिए ।

सम्वधित सरोकारवालाहरुलाई पत्रकार ऋषि धमलाले दिनै दिन बढ्दो घटना क्रमलाई कसले जिम्मा लिने ? यसमा को हो वास्तविक दोषी ? भनेर प्रश्न गरेका थिए । जवाफमा महानगरीय ट्राफिक प्रहरी शाखाका प्रमुख एसएसपी भीम ढकालले यसमा सबै सचेत रहनु पर्ने बताएका छन् । ढकालले बढ्दो घटनाले आफूलाई पनि दखित बनाएको बताउनु भयो ।

विगतको तथ्याङ्क हेर्दा अहिले घटना क्रम केही मात्रामा घटदो अवस्थामा रहेको पनि बताउनु भयो । यातायात व्यावसायी महासंघका महासचिव सरोज सिटौलाले यस विषयमा सरकारले गम्भिर रुपमा ध्यान नदिएको आरोप लगाउनु भयो । निश्चित मापदण्ड र साना साना प्राविधिक कुरामा ध्यान नदिदा घटना क्रम बढेको पनि उहाँले बताउनु भयो ।

 

 

सडक विभागका महानिर्देशक केशव कुमार शर्माले घट्नालाई कम गर्न सारकारले वैकलपिक उपाय सोची रहेको बताउनु भयो । यस विषयमा प्रधान मन्त्री ओलीले नयाँ नीति ल्याउन लागेका पनि जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्