Logo

महिला नौमती बाजा समुह द्वारा रिपोर्टस क्लवमा प्रत्रकार सम्मेलन गर्दै छमछमी नृत्य प्रर्शन, ( भिडियो सहित )

कलाखबर संवाददाता,२,मंसिर–काठमाण्डौं । महिला नौमती बाजा समुहले रिपोर्टस क्लवमा बुधबार पत्रकार सम्मेलन गरेको छ । सो क्रममा साँस्कृतिक नौमती बाजा बजाएर प्रर्दशनी समेत गरेका छन् । महिलाहरु आफैले दोहोरी गाउदै बाजाको तालमा नाँच समेत देखाएका थिए । महिला खुम्चेर बस्नु नपरोस र समाजको अगाडी पुरुष सरह भएर आफ्नो खुट्टामा आफै उभिन सकुन भन्ने उद्देश्यले व्यावसायीक रुपमा महिला नौमती बाजा समुहको स्थापना गरिएको अध्यक्ष जानुका पौडेलले बताइन् ।

साथै समाजमा बाजा बजाउने काम दलितको मात्र हो भन्ने भ्रमलाई चिर्दै बाहुन क्षेत्री,जनजाती र दलित सबैको एउटा साझा थलोको रुपमा महिला नौमती बाजा समुहको जन्म गरिएको पनि अध्यक्ष पौडेलले जानकारी दिइन् । महिलाहरुको नयाँ प्रतिभा देखेर पत्रकार मात्र होइन,अरु क्षेत्रका व्यक्तित्वहरु पनि निकैै रमाएका थिए ।

यो व्यावसायबाट नाम र दाम दुवै पक्षले नै आफूहरु निकै सन्तोषजनक रहेको पनि उनीहरुले बताएका छन् । अब यो व्यावसायलाई निरन्तरता दिदै आफ्नो मौलिक लोक सँस्कृति जोगाउने उद्देश्यले छिट्टै आरनीको टेलिभिजनबाट एउटा मनोरञ्जनात्मक लोक दोहोरी कार्यक्रम पनि ल्याउन लागेको जानुका पौडेलले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्