अपाङ्गताका लागी घुम्ती शिबिर संचालन

कलाखबर संवाददाता,२ पुस -शारीरिक रुपले अपाङ्ग वालबालिकाहरु लाई लक्षित गरि निःशुल्क घुम्ती शिविर सम्पन्न गरिएको छ । “सेभ द चिल्ड्रेन”को आर्थिक सहयोग एवं “पहाडी क्षेत्र विकाश अभियान” जाजरकोटको सामाजिक परिचालनमा उक्त कार्यक्रम आयोजना भएको थियो ।
कुशे गाँउपलिका आयोजक रहेको कार्यक्रममा अपाङ्ग बालबालिकाहरुको स्वास्थ्य परिक्षण, अपाङ्ग पहिचान तथा परिचयपत्र वितरण गरियो । शिवीरमा १८ बर्ष मुनिका २ सय ४८ मध्ये १ सय ३९ जना बालक र १ सय ९ जना बालिकाहरुको सहभागीता रहेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।
शिवीरमा ‘क’ बर्गको अपाङ्गता परिचयपत्र लिनेमा १ जना, ‘ख’ बर्गको अपाङ्गता परिचयपत्र लिनेमा १४, ‘ग’ बर्गको अपाङ्गता परिचयपत्र लिनेमा १६ जना र ‘घ’ बर्गको अपाङ्गता परिचयपत्र लिनेमा २२ जना गरि जम्मा ५३ जनाले अपाङ्गता परिचयपत्र पाएका छ्न भने, ८ जनाले सहायक सामाग्री पाएका छ्न । सहायक सामाग्रीको लागि “नेपाल समाज कल्याण संघ”ले सहयोग गरेको छ ।
मंसिर २९ गते घरंगा र ३० गते टापुचौरमा संचालन गरिएको निःशुल्क घुम्ती शिवीरको विधिवत उद्घाटन गाउँपालिकाका अध्यक्ष बस्नेतले गरेका थिए ।