Logo

आज झाँकी र ¥याली सहित दोस्रो राष्ट्रिय झण्डा दिवस मनाइयो,फोटो फिचर र भिडियो सहित


राज कुमार राई,१ पौष,काठमाण्डौं । आज राजधानी काठमाण्डौंको माईतीघर मण्डलामा नेपालको शान हाम्रो अभियान, राष्ट्रिय झण्डा हाम्रो पहिचान भन्ने मुल नाराका साथ झण्डा दिवस मनाइएको छ । बानेश्वरबाट झाँकी र ¥याली सहितको टोली नेपाली पोषाकमा ठाँटीएर राष्ट्रिय भावनाले ओतप्रोत राष्ट्रिय गीत गाउदै माईतीघर मण्डलामा जम्मा भएर सो दिवस मनाइएको हो ।

कार्यक्रममा नेपाली झण्डाका डिजाइनर तथा ईन्जिनियर शंकर नाथ रिमाल र पूर्व प्रधान सेनापति रुक्मांगत कटवाल उपस्थित भएका थिए । उपस्थित जनमानस र सञ्चारकर्मी माझ कार्यक्रमलाई सम्वोधन गर्दै शंकर नाथ रिमालले झण्डाको विशेषता र इतिहासको बारेमा जानकारी गराएका थिए ।

साथै ईन्जिनियर समेत रहेका रिमालले झण्डाको अकार प्रकार, डिजाइन र झण्डामा अंकित चन्द्र सूर्यको बारेमा पनि प्रकाश पारेका थिए । कार्यक्रम निकै रौनक बन्यो । राष्ट्रको शान र मान बोकेको झण्डा र सिमानाको बिषयमा रचिएको नयाँ गीत पनि सामुहिक रुपमा प्रस्तुत गरिएका थिए ।

पूर्व प्रधान सेनापति रुक्मांगत कटवालले नेपाली झण्डाले नेपालीको शिरलाई उच्च पार्दै हाम्रो पुरानो ईतिहास बोकेको बताउनु भएको छ । निकै भावुक बन्दै कटवालले रातो र चन्द्र सूर्य गीत समेत गाउन व्याए ।

साथै उहाँले आयोजक टिमलाई धन्यबाद दिदै यो कार्यक्रममा अब हरेक स्वभीमानी नेपाली लाग्नु पर्ने पनि बताउनु भयो । विगत बर्षदेखि सुरु गरिएको झण्डा दिवस यो दोस्रो बर्ष पनि सफल भएको बताउदै अर्को बर्ष अझै धेरै जनमानस उतार्ने आयोजक टिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्