कलाकार दय केशव भट्टराई र दीपक क्षेत्रीलाई श्र्रद्धान्जली दिन कलाकारहरुको ताती, सबैको आँखामा थामिएन आँशु
कलाखबर संवाददाता,३०,मंसिर– काठमाण्डौं । चलचित्र जगतका दुई हस्तीको निधनले कलाकारहरु तथा सारा नेपाली नै मर्माहित भएका छन् । शनिबार कलाकार दीपक क्षेत्री र आइतबार राती कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको थियो । दीपक क्षेत्रीको घाटीको क्यानसरको कारणले निधन भएको थियो भने केशव भट्टराईको ह्रदय घाटको कारण निधन भएको थियो ।
कलाकारिता जगतमा केशव भट्टराई र दीपक क्षेत्रले पु¥याएको योगदानले सारा कलाकारिता क्षेत्रसँगै आम नेपाली दुःखी भएका छन् । चलचित् विकास बोर्डको कार्यालयमा दुवै कलाकारको पार्थिव शरीरलाई राखेर अन्तिम श्र्रद्धान्जली गरिएका थिए । श्रद्धाञ्जली व्यक्त गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेल र नेपाली काँग्रेसका नेता शेखर कोइराला पनि पुगेका छन् । पोखरेल कोईराला दुवैले हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।
श्रद्धाञ्जली व्यक्त गर्न कलाकारहरुको ठूलो उपस्थिति रहेको थियो । दुवै जनाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । ९ महिना अघि मात्र नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति भएका भट्टराईको ५२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको ओम अस्पतालले जनाएको छ ।
टेलिचलचित्र तथा चलचित्रहरुमा अभिनय गरेका भट्टराईले आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्धा, सो सिम्पल, ब्रासलेट, यात्रा सहितका चलचित्रको निर्माण समेत गरेका छन् । मृतकको दाह संस्कार गर्न आएका सबै क्षेत्रका कलारहरु निकै भावुक बनेका थिए । कसैको पनि आँखामा आँशु थामिएन ।