Logo

काभ्रेको गिम्दीमा साहित्यिक कार्यक्रम सम्पन्न


रमिला तामाङ,३०,मंसिर,काठमाण्डौं । काभ्रेस् भिमु मेमोरियल ट्रष्टको आयोजना तथा काभ्रेस्थित नारायणस्थान आधारभूत निमावि, गिम्दीको सहआयोजनामा  भिमु अभियान २०२० साहित्यकला पर्यटनु भन्ने नाराका साथ साहित्यिक, साङ्गीतिक, सम्मान तथा छात्रवृत्ति वितरण समारोह शुक्रबार सम्पन्न भएको छ । ट्रष्टकी अध्यक्ष जानुका राईको अध्यक्षतामा सम्पन्न उक्त समारोहका प्रमुख अतिथिका रुपमा कवि तथा गीतकार भूपाल राई उपस्थित थिए भने कवि तथा गीतकार अमर वान्तुलाई ट्रष्टले सम्मान गरेको थियो ।

ट्रष्टले विगत चार वर्षदेखि उक्त विद्यालयका एक एक जना छात्र छात्रालाई रु. दशहजारका दरले छात्रवृत्ति प्रदान गर्दै आएको छ । कार्यक्रममा कलाकारहरु कला राई, रुपकुमार राई, मेनुका राई, सचिन राई, रमेश बानियाँ लगायतले प्रस्तुति दिएका थिए । योगीन राईले हाँस्यप्रस्तुति दिएका थिए भने कविहरु स्वप्निल स्मृति, अमर वान्तु, भावेश भुमरी, सुनिता खनाल, विष्णु नेम्बाङ, रिमा केसी, बच्चु हिमांशु, इन्दिरा अधिकारी,नेचुरल्ली दीपक, सनि लिम्बु लगायतले आआफ्ना कविता तथा गजल प्रस्तुत गरेका थिए ।

योङस्टार डान्स प्रतिस्पर्धामा फस्ट रनरअप भएकी मुना तामाङ लगायत स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । समारोहमा सम्मानित श्रष्टा अमर वान्तुले उक्त विद्यालयका सबै विद्यार्थीहरुलाई एकएक दर्जन कापी तथा शिक्षकहरुलाई कलम र डायरी उपहारस्वरुप प्रदान गरे । साथै, भिमुकी अध्यक्ष जानुका राईले संस्थाको तर्फबाट विद्यार्थी कलाकारहरुलाई प्रोत्साहन स्वरुप रु.पाँच हजार प्रदान गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि भूपाल राईले भिमु मेमोरियलको गतिविधिले देशमा राज्यले गर्ने काम गरिरहेको भन्दै अभियन्ता जानुका राई लगायतलाई धन्यवाद तथा बधाई दिएका थिए ।  सहआयोजकका तर्फबाट विद्यालयका प्रधानाध्यापक खड्ग लामाले स्वागत मञ्तव्य दिएका थिए । कवि बम बानियाँले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्