कमला घिमिरेलाई अब सहयोग नगर्ने ऋषि धमला पत्नी एलीजाको उद्घोष
कलाखबर संवाददाता,२९,मंसिर–काठमाण्डौं । अब कमला घिमिरेलाई आर्थिक सहयोग नगर्ने ऋषि धमला पत्नी एलीजाले बताएकी छिन् । केही समयदेखि एलीजाले कमलालाई स्कुल पढ्नका लागि आर्थिक सहयोग गर्दै आएकी थिइन् । उनले बार्षिक रुपमा ४० हजार दिने अठोट सहित पहिलो चरणको सहयोग हस्तान्तरण गरेकी थिइन। तर आफूले सोचेको ईच्छा विपरीत स्कुल पढ्न छोडेर कमला स्टेज प्रोग्राममा बढी केन्द्रित भएको भन्दै उनले चित्त दुखाएकी हुन् ।
यस्तै हो भने अब आफूले गरेको सहयोगको कुनै अर्थ नहुने भन्दै उनी भावुक भएकी छिन् । एलिजाले अब कमलाको परिवारलाई सहयोग गर्न सोच्नु पर्ने बताएकी छिन।एक कुराकानीमा उनले भनिन ‘कमला यो बेला पढ्ने समय हो तर कमलाको परिक्षा समेत छुट्टाएर स्टेज चढाउने र हाम्रो सहयोगलाई लत्याउने काम गरेको देख्दा आफुलाई अचम्मित लागेको छ,अब उनीहरुलाई सहयोग कसरी गरौ ?
कमलालाई यस्तै सस्कार सिकायो भने भोलि के होलारु’एलिजा ले चिन्ता जनाउदै कमललाई अब पढ्न ध्यान दिनु पर्ने नत्र आफु सहयोग नगर्ने जानकारी दिएकी हुन्। एउटा युटयूब च्यानलमा लिएको अन्तरवार्तामा कमलाको बुवा एकदमै घमण्डी भएको र यस्तै हो भने कमलाको भविष्य नै धरापमा हुने भन्दै अधिकाँशले प्रतिक्रिया दिएका छन् ।