आमाको माया

साहित्य स्रष्टा,चन्द्री मोक्तान ( खुशी )
कलाखबर संवाददाता,२२,मंसिर–काठमाण्डौं । सशक्त सवल सायद यो माया अरुबाट कदापी पाउने छैनन्। सजिलै महशुष गर्न सकिन्छ । एक आमाले आफ्नो सन्तानप्रति आफ्नो पूरा जीवन अर्पण गर्दछ भने त्यही सन्तान आफ्नो मात्रा आफ्नो ,नितान्त आफ्नो सुख,खुसी र भविष्यका निम्ति दौडिरहेको हुन्छ ।बुझ्दैनन् , अलिकति पनि महाशुस गर्न सक्दैनन् आमा र आमाको त्याग ,तपस्या र समर्पण जो हातखुट्टा सशक्त र सवल छ त्यही स्वार्थी सन्तान रुपि जन्तुहरुले ।
एक आमा आफ्ना सन्तानका लागि कोशौकोश टाढाबाट उकालो ओरालो ,अप्ठ्यारो , गाह्रो केही नभनिकन शहर बसेका महान सन्तानहरुका लागि सकिनसकि केही कोशेली पठाउँदछ। बिडम्वना कोशेली पाउँदा खुसी हुनु त कता कता यस्तो जावो ! किन ल्याउनुपर्ने रु किन पठाउनुपर्ने रु जहाँकि कोठा भित्रै आइपुग्दा पनि ठम्याउन सकिदैन आमाको अमूल्य पसिना र मायालाई । अमूल्य तिमी साँच्चै आमा तिमी साँच्चै महान छ ।
तिम्रो माया त केवल म जस्तै दुखि सन्तानहरुले मात्र बुझन र ठम्याउन सक्दछ, जहाँ सम्म लाग्छ मलाई । भोक लाग्यो कि भनी पुग्नु अगावै खाना खाजा तयार पारि राख्नुहुने त मात्रा आमा हुँदो रहेछ, अरुबाट यो प्रेम पाउन मुस्किल छ। कति सम्म थाहा पाउनु हुन्छ हगि ! आमा हजुरले म भोकाएर आउँछु, म थाकेर आउँछु, भनेर।अरुले किन यसरी सोच्न सक्दैनन् त आमा ? किन कि अरुको चाहिँ आमाको भन्दा वेग्लै मन हुन्छ ? हैन भने किन त हजुरले झै भोकाएर आयो होला भनी ?
सोच्नुको सट्टामा पैसा छाँदैछ मीठोमीठो बाहिरै खाएर आईहाल्छ नि भनी ?सोच्न सक्छन् अनि थाकेर आयो होला भन्नुको सट्टामा ठगेको भनी किन सोच्छन आमा ? आमा तिमीले आफ्नो सन्तान बिरामी होस या अलिकति चोटपटक आफू दुखेको पनि बिर्सेर उनैको सेवामा अहोरत्र खटिरहनुहुन्छ ।
जाति भयो या भएन सब थाहा पाउन सक्नुहुन्छ तर उहीँ आमाको सन्तानहरुलाई थाहा हुँदैन कि सँगै बसेका सहकर्मी अचेत छ,उसैको अघि डयाङ –डयाङ ढल्दा पनि गाह्रो भएछ भन्ने सम्म पनि महशुस गर्न सकिदैन । उसलाई कस्तो छ भनी सोध्न सम्म पनि मन लाग्दैन । आखिर किन होला ?