द भोइस अफ नेपाल सिजन टु को विजेता बने राम लिम्बु

कलाखबर संवाददाता,२२,मंसिर–काठमाण्डौं । द भोइस अफ नेपाल सिजन टु को विजेता राम लिम्बु बनेका छन् । फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धी विकास लिम्बू, सनिश श्रेष्ठ र आरिफ रौफ लाई पछि पार्दै राम लिम्बुले उपाधी चुमेका हुन् ।उनले विजेताको टाइटलसँगै ड्याट्शनको कार, १२ लाख रुपैयाँ नगद तथा एल्बमको कन्ट्रयाक पाएका छन् ।
राम लिम्बु कोच प्रमोदको टिमबाट विजेता बनेका हन् । काठमाडौंको चुच्चेपाटीस्थित होटल हायतको ग्राउन्डमा भएको ग्रान्ड फिनालेबाट विजेता घोषणा गरिएको हो । ग्रान्ड फिनालेमा लाइभ सोमा पुगेका प्रतिस्पर्धीसहित गत वर्षका विजेतासहित फाइनलिष्टले पनि प्रस्तुती दिएका थिए ।शनिवार भएको ‘द भोइस नेपाल २’ ग्राण्ड फिनालेमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।
यो सँगै राम लिम्बुले नगद रु। १२ लाख र गाडी जितेका छन् । साथै उनले एक म्युजिक एल्बममा गीत गाउने अफर समेत पाएका छन् ।‘भोइस अफ नेपाल’ सिजन–१ को विजेता सिडी विजय अधिकारी भएका थिए ।
उनी कोच दीप श्रेष्ठको टिमबाट विजेता भएका थिए । सिजन–१ मा कोचमा दीप श्रेष्ठ र प्रमोद खरेलसँगै सनुप पौडेल र अभया सुब्बा थिए । अभया र सनुपका ठाउँमा सिजन–२ मा राजु लामा र आस्था राउत भित्रिएका थिए । द भोइस अफ नेपालको निर्देशन लक्ष्मण पौडेलले गरेका हुन् ।